२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह मुद्दामा शिल्पा रिहा, छविराज ओझा अझै फरार



अ+ अ-

काठमाडौं । नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले बहुविवाह मुद्दामा नायिका पोखरेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

बहुविवाह मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गर्दा पोखरेल शुक्रबार सुटुक्क अदालत पुगेकी थिइन्। न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको हो ।

निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह मुद्दा हालेकी थिइन्। बहुविवाह मुद्दामा फरार रहेपछि दुबैलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पूर्जी जारी भएका निर्माता ओझा भने अदालत गइसकेका छैनन्। पोखरेल ओझाकी कान्छी श्रीमती हुन्। केही समयअघि उनीहरूबीचको सम्बन्ध कटुतापूर्ण भएपछि विवाद प्रहरीमा पुगेको थियो। ठिक त्यहीबेला हेमाले दुबैविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन्।