७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह मुद्दामा शिल्पा रिहा, छविराज ओझा अझै फरार



अ+ अ-

काठमाडौं । नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले बहुविवाह मुद्दामा नायिका पोखरेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

बहुविवाह मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गर्दा पोखरेल शुक्रबार सुटुक्क अदालत पुगेकी थिइन्। न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको हो ।

निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह मुद्दा हालेकी थिइन्। बहुविवाह मुद्दामा फरार रहेपछि दुबैलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पूर्जी जारी भएका निर्माता ओझा भने अदालत गइसकेका छैनन्। पोखरेल ओझाकी कान्छी श्रीमती हुन्। केही समयअघि उनीहरूबीचको सम्बन्ध कटुतापूर्ण भएपछि विवाद प्रहरीमा पुगेको थियो। ठिक त्यहीबेला हेमाले दुबैविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन्।