१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

हरेक दिन विमानस्थलमा पर्यटनमन्त्री

हरेक दिन विमानस्थलमा पर्यटनमन्त्री
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाउनुभयो ।

पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यतालाई । बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थल विश्वकै सुविधायुक्त विमानस्थल मानिन्छ । पर्यटनमन्त्री भट्टराईले भिआइपी पाहुना हुँदा पनि उक्त विमानस्थलमा झण्डै एक घण्टाको अवधिमा लगेज लिनुभयो । “म नेपालको पर्यटनमन्त्री ‘भिआइपी पाहुना’ छिटो बाटो भएर ‘फाष्ट ट्रयाक’ बाट गएको घडी हेरेर ४५ मिनेटमा लगेज लिए । मसँगै गएका अन्य साथीको कति समय लाग्यो होला त्यसको अनुमान सहजै गर्न सकिन्छ, विश्वको सुविधा सम्पन्न विमानस्थलको त यस्तो हालत छ भने विरोधका नाममा विरोध नगरौ”, उहाँले भन्नुभयो ।

भ्रमण वर्ष पूर्व तयारीबारे हालै राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टराई निकै भावुक र आक्रोशितरुपमा प्रस्तुत हुनुभयो । प्रदेश नं ३ प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त छलफलमा प्रदेश नं ३ का मुख्यमन्त्री, प्रदेश पर्यटनमन्त्री, सांसद, प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

नेपाल भ्रमण वर्ष, २०२० अभियान सन्निकट छ । विदेशी पाहुनाको आतिथ्य सत्कारका लागि नेपाल एकताबद्ध भएर जुटेको छ । स्वेशमा मात्र हैन विदेशमा पनि भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्र पारिएको छ । भ्रमण वर्षको सकारात्मकभन्दा नकारात्मक प्रचार भइरहेको छ । “के देशको नकारात्मक कुरालाई चर्चामा ल्याएर पाहुनको स्वागत सत्कार प्रभावकारी हुन्छ रु पर्यटनमा कामै भएको छैन, अहिलेकै आधारमा पर्यटक आउदैनन’ आदि प्रचार गरिएको छ”, पर्यटनमन्त्री भन्नुहुन्छ, “नकारात्मकताभित्रै सकारात्मकतालाई पनि जोड दिँदा के नै पो बिग्रन्छ ।”

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने एक पर्यटन व्यवसायीले भ्रमण वर्षको तयारी नपुगेको, पदयात्रा र पर्वतारोहणमा बेथिति बढेको तथा विमानस्थलको बेतिथिदेखि सडक सञ्जालसम्मको दूरावस्थाको कहानी सुनाइरहनुभएको थियो । उक्त भाषणलाई नजर लगाइरहनुभएका पर्यटनमन्त्री भट्टराईले आफ्नो धारणा राख्दै पर्यटन क्षेत्रमा भइरहेका सकारात्मक प्रगतिको फेहरिस्त प्रस्तुत गर्नुभयो । बेलायतलगायत विकसित मुलुकमा पनि लगेजमा ढिलाइ हुन्छ ।

अन्य अन्तरराष्ट्रिय विमानस्थलमा १० देखि १५ मिनेट विमानबाट ओर्लेपछि लगेज लिने गाउँमा पुग्न समय लाग्छ । बस वा रेलबाट यताबाट उता गएर अध्यागमनलगायत सबै प्रक्रिया पूरा गर्दा अरु समय लाग्छ । तर, नेपालको साँघुरो अन्तरराष्ट्रिय विमानस्थल । जहाजबाट ओर्लेपछि १५ मिनेटमा लगेज लिने स्थानमा पुगिन्छ । अनि लगेज ढिलो आयो भनेर ‘चार घण्टा यति दिन लगेज पाइँदैन’ भनेर गुनासो गरिन्छ ।

पर्यटनमन्त्री भट्टराई विमानस्थलको बेथिति सुधार र सेवा सुदृढीकरणका लागि हरेक दिन विमानस्थल पुग्नुहुन्छ । विमानस्थलको सेवा सुधारमा अहोरात्र खटिनुभएका उहाँ गत बुधबार राति पर्यटन सचिव केदारबहादुर अधिकारीका साथमा विमानस्थल पुग्नुभयो । विमानस्थलका कार्मचारीे मन्त्री आएको पत्तो पाउदैनन् । मन्त्री भट्टराई कहिले एक्लै त कहिले मन्त्रालय र अन्य सरोकारवाला निकायका प्रतिनिधि लिएर आकस्मिकरुपमा विमानस्थल निरीक्षणमा पुग्नुभएको हुन्छ । पछिल्ला दुई कार्यक्रममा मन्त्री भट्टराईले आफू दैनिकजसो विमानस्थल पुगिरहेको जानकारी दिनुभयो ।

“सरकार २० लाख पर्यटक ल्याउने मिसनमा लागेको छ, बाहिर नराम्रा कुरा गरेर पाहुनालाई स्वागत गर्ने हैन, सकारात्मक बनौँ, कमजोरी सुधार्न सरकार लागिरहेको छ”, उहाँले भन्नुभयो, “एकमात्र विमानस्थल साँघुरो र अव्यवस्थित छ, त्यसैले त भैरहवा, पोखरा, निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाहिएको हो नी ।”

विश्वभर वार्षिक सात प्रतिशतका दरले हवाई यात्रुको सङ्ख्या बढिरहेको छ । नेपालमा वार्षिक १३ प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । अबका पाँचदेखि १० वर्षभित्र काठमाडौँ विमानस्थलले यात्रु थेग्नै सक्दैन । सन् २०२० को मार्चबाट भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने उहाँले बताउनुभयो । उहाँले राजधानी नजिकको उपयुक्त बारास्थित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको विकल्प नरहेकाले निर्माण कार्य शीघ्ररुपमा अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वातावरणको हल्लाले केही पनि हुँदैन, पच्चीस लाख रुख काटिने विषयमा सत्यता छैन, कमभन्दा कम क्षतिमा विमानस्थल बनाइन्छ ।” सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । भ्रमण वर्ष अवधिमा गरिने कार्यक्रमको विस्तृत खाका पर्यटन मन्त्रालय र पर्यटन बोर्डको समन्वयमा भ्रमण वर्ष सचिवालयले तयारी गर्दैछ । भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ । सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।