१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

वाणिज्यदूतहरुको सम्मेलन सम्पन्न

वाणिज्यदूतहरुको सम्मेलन सम्पन्न
अ अ+ अ-

काठमाडौँ । नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसिएन) र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को एशिया तथा प्रशान्त क्षेत्रीय सम्मेलन आज यहाँ सम्पन्न भएको छ ।
विभिन्न १८ देशका ७६ जना अवैतनिक वाणिज्यदूतहरु सहभागी सो सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने, वातावरणीय प्रदूषण घटाउने, विश्वमा शान्ति स्थापनाका लागि पहल गर्ने तथा विभिन्न देशका सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नेजस्ता विषयमा व्यापक छलफल भएको थियो ।

यी विषयहरुमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी छलफल गर्नुभएको तथा नेपाल भ्रमण वर्षका बारेमा भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले जानकारी गराउनुभएको वाणिज्यदूतहरूको विश्व सङ्गठनका पूर्व डिन तथा नेपालस्थित लक्जम्वर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले जानकारी दिनुभयो ।

तीनदिने उक्त सम्मेलनको आज चन्द्रागिरिमा समापन गर्दै उहाँहरुले नेपालले आगामी वर्ष ‘नेपाल भ्रमण वर्ष’ को कार्यक्रम राखेकाले उक्त कार्यक्रमलाई आआफ्नो देशमा प्रचार र प्रवद्र्धन गर्ने बताउनुभयो ।

सो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित इन्डोनेसियाली अवैतनिक वाणिज्यदूत एवं चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन र प्राकृतिक सम्पदामा नेपाल धनी रहेको प्रसङ्ग उल्लेख गर्दै यस कुराको सन्देश विश्वमा लैजान उहाँहरुलाई आग्रह गर्नुभयो ।

नेपालमा स्वदेशी एवं वैदेशिक लगानीको वातावरण बन्दै गएकाले पर्यटन, जलविद्युत्, सेवा क्षेत्र, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा लगानीका धेरै सम्भावना रहेको सन्देश आआफ्नो देशमा लैजान पनि आग्रह गर्नुभयो ।

यसअघि बिहीबार उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेट गर्नुभएको थियो । त्यस भेटका क्रममा राष्ट्रपति भण्डारीले अवैतनिक वाणिज्यदूतहरू नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गर्नुभएको (एचसिसिएन) डिन प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।