१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमान ढोकामा पर्यटक बढे



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हनुमान ढोका दरबार क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कात्तिक महिना लागेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । असोज महिनासम्म दैनिक ६०० मात्र पर्यटक आउने गरेको यस स्थानमा दैनिक अहिले एक हजार १०० सम्म पर्यटक आउने गरेका छन् ।

कामपा हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको निमित्त कार्यक्रम प्रमुख चिन बज्रचार्यले पछिल्लो समय यस स्थानमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी पर्यटक आउनु सुखद् पक्ष रहेको बताउनुभयो ।

हनुमान ढोका अवलोकन गर्न आउने पर्यटकबाट गत वर्ष रु १९ करोड राजश्व सङ्कलन गरिएकोमा यस वर्ष रु २० करोडभन्दा बढी राजश्व असुल हुने अनुमान गरिएको छ । निमित्त प्रमुख बज्रचार्यले अहिलेजस्तै पर्यटक आउने हो भने सरकारको भ्रमण वर्ष सफल मनाउन पनि निकै सहयोग पुग्ने बताउनुभयो ।

प्रवेश गर्न सार्क राष्ट्रका पाहुनाको लागि रु १५० र अन्य देशका पाहुना काम लागि रु एक हजार तोकिएको छ । २०७२ सालको भूकम्पका कारण क्षति भएका सम्पदाको पुनःनिर्माण भइरहेको हुनाले अवलोकनकर्तालाई केही असहज भने भएको छ । यस स्थानको महत्वपूर्ण सम्पदाको रुपमा रहेको काष्ठमाण्डप पुनःनिर्माणको काम धमाधम भइरहेको छ । यसको पुनःनिर्माण अहिलेसम्म ५० प्रतिशत काम भएको छ ।

त्यसैगरी निर्माणको अवस्थामा रहेको आगम छेँ, जगन्नाथ र गोपीनाथ मन्दिर, दश अवतार मन्दिर, माजु देग, त्रिभुवन स्मृति सङ्ग्रहालय लक्ष्मीनारायण मन्दिर दशवतार मन्दिर नौतले वसन्तपुर दरबारको रहेको छ ।