१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

हनुमान ढोकामा पर्यटक बढे

हनुमान ढोकामा पर्यटक बढे
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हनुमान ढोका दरबार क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कात्तिक महिना लागेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । असोज महिनासम्म दैनिक ६०० मात्र पर्यटक आउने गरेको यस स्थानमा दैनिक अहिले एक हजार १०० सम्म पर्यटक आउने गरेका छन् ।

कामपा हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको निमित्त कार्यक्रम प्रमुख चिन बज्रचार्यले पछिल्लो समय यस स्थानमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी पर्यटक आउनु सुखद् पक्ष रहेको बताउनुभयो ।

हनुमान ढोका अवलोकन गर्न आउने पर्यटकबाट गत वर्ष रु १९ करोड राजश्व सङ्कलन गरिएकोमा यस वर्ष रु २० करोडभन्दा बढी राजश्व असुल हुने अनुमान गरिएको छ । निमित्त प्रमुख बज्रचार्यले अहिलेजस्तै पर्यटक आउने हो भने सरकारको भ्रमण वर्ष सफल मनाउन पनि निकै सहयोग पुग्ने बताउनुभयो ।

प्रवेश गर्न सार्क राष्ट्रका पाहुनाको लागि रु १५० र अन्य देशका पाहुना काम लागि रु एक हजार तोकिएको छ । २०७२ सालको भूकम्पका कारण क्षति भएका सम्पदाको पुनःनिर्माण भइरहेको हुनाले अवलोकनकर्तालाई केही असहज भने भएको छ । यस स्थानको महत्वपूर्ण सम्पदाको रुपमा रहेको काष्ठमाण्डप पुनःनिर्माणको काम धमाधम भइरहेको छ । यसको पुनःनिर्माण अहिलेसम्म ५० प्रतिशत काम भएको छ ।

त्यसैगरी निर्माणको अवस्थामा रहेको आगम छेँ, जगन्नाथ र गोपीनाथ मन्दिर, दश अवतार मन्दिर, माजु देग, त्रिभुवन स्मृति सङ्ग्रहालय लक्ष्मीनारायण मन्दिर दशवतार मन्दिर नौतले वसन्तपुर दरबारको रहेको छ ।