२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जित सहित क्रोएसिया युरोकपमा



अ+ अ-

विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ । समूह ईको खेलमा शनिबार राति स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो । खेलमा अग्रता स्लोभाकियाका बोजेनिकको ३२ औ मिनेटमा भएको गोलबाट लिएको थियो ।

घरेलु टोलीका निकोला भ्यासिकले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । खेलको ६० औ मिनेटमा बुर्नो पेटकोविक क्रोएसियालाई २–१ को अग्रता दिलाए । ईभान पेरिसिक ७४ औ मिनेटमा गोल गर्दै टोलीका जित सुनिश्चित गरे ।

६६ औ मिनेटमा मेक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्लोभाकिया १० खेलाडीले सिमित बनेको थियो । समूह ई अन्तर्गत क्रोएसियाले १७ अंक सहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो । चौथो स्थानको स्लोभाकियाको १० अंक रह्यो ।