१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्स युरोकपमा छनोट



अ+ अ-

सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा नेदरल्यान्ड्स छनोट भएको छ । शनिबार राति नर्दन आयरल्याण्डसँग नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दै अर्को वर्ष आयोजना हुने युरोकपमा स्थान पक्का गरेको हो । बेल्फास्टमा नर्दन आयरल्याण्डका स्टेभेन डेभिसले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा नेदरल्यान्ड्स जोगिएको थियो ।

यो बराबरी पछि समूह ‘सी’ को नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहदै युरोकपमा छनोट भएको हो । नेदरल्यान्ड्सले ७ खेलमा १६ अंक जोडेको छ । नर्दन आयरल्याण्ड १३ अंक जोडेर तेस्रो स्थानमा छ ।

सन् २०१४ पछि पहिलोपटक ठुला प्रतियोगिताका लागि नेदरल्यान्ड्स छनोट भएको हो । यस अघि नेदरल्यान्ड्स सन् २०१८ को फिफा विश्वकप र सन् २०१६ को युरोकपमा छनोट हुन असफल भएको थियो ।