१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’

‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’
अ अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान मत्वपूर्ण हुने उल्लेख गरे ।

पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी सङ्गठन तत्पर रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी सङ्गठनको विकासका लागि आवश्यक योजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले हाल प्रहरी कल्याण कोषबाट निवृत्त प्रहरी एवं आश्रित परिवार र अमर प्रहरी परिवारको कल्याणमा वार्षिक कल्याणकारी कार्यक्रमको कूल ७३ प्रतिशत खर्चको योगदान पुर्याइरहेको जानकारी दिए ।

कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका एक जना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको उनले जानकारी दिए । यस्तै नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त प्रहरीका सन्ततिहरुमध्ये एक जना छोरीको शुभ विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै चालू आर्थिक वर्षदेखि प्रहरी कल्याण कोषबाट रु ३० हजार अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल पूर्वप्रहरी सङ्गठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँवरले प्रहरी सङ्गठनसँग पूर्वप्रहरी सङ्गठनले राखेका अपेक्षाबारे उल्लेख गर्दै सङ्गठनका आगामी योजना तथा कार्यक्रमबारे चर्चा गरे ।