१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

मन्त्रालयको कार्यसम्पादनको प्रतिफल नागरिकको अनुहारमा झल्किनुपर्छः श्रममन्त्री यादव

मन्त्रालयको कार्यसम्पादनको प्रतिफल नागरिकको अनुहारमा झल्किनुपर्छः श्रममन्त्री यादव
रामजी यादव
अ अ+ अ-

काठमाडौँ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले मन्त्रालयले गर्ने हरेक कार्य र निर्णयको प्रतिफल आम नागरिकले महशुस गर्ने गरी देखिनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) को बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले तथ्याङ्कमा मात्र सुधार देखिएर नपुग्ने भन्दै त्यसको प्रभाव नागरिकको जीवनस्तर र सन्तुष्टिमा देखिनुपर्ने बताउनुभएको हो ।

मन्त्री यादवले केही क्षेत्रमा उपलब्धि राम्रो देखिए पनि सेवा प्रवाहका कतिपय पक्षमा अझै सुधारको खाँचो रहेको औंल्याउनु भयो । मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अलपत्र परेका श्रमिकहरूको उद्धारका लागि ‘नेशनल लेबर वेलफेयर स्किम’ स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हकमा पनि मानवीय आधारमा शव ल्याउने र उद्धार गर्ने प्रक्रियालाई औपचारिकता दिनुपर्ने उहाँको भनाइ छ ।

आन्तरिक रोजगारीका सन्दर्भमा मन्त्री यादवले तालिम र सीप प्रदान गरेर मात्र नपुग्ने भन्दै त्यसको प्रतिफलको अडिट हुनुपर्ने बताउनु भयो ।

सीप सिकेका व्यक्तिहरूले रोजगारी वा स्वरोजगारी प्राप्त गरे/नगरेको र उनीहरूको जीवनयापनमा सुधार आए/नआएको विषयमा प्रभावकारी मूल्याङ्कन गर्न उहाँले निर्देशन दिनुभयो ।

मन्त्रालयको कार्यसम्पादनमा हुने ढिलाइ अन्त्य गर्न परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयसँगको समन्वयलाई तिब्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । तथ्याङ्क आदानप्रदानका लागि ‘डाटा शेयरिङ’ को अवधारणा ल्याउनुपर्ने र मन्त्रालयका सम्पूर्ण काम कारबाहीलाई पूर्ण रूपमा डिजिटलाइजेशन गर्नुपर्ने उहाँको निर्देशन छ । कर्मचारीहरूलाई आफ्नो डिजिटल क्षमता वृद्धि गर्न आग्रह गर्दै उहाँले अबका दिनमा म्यानुअल कामलाई निरुत्साहित गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘श्रम स्वीकृति भए–नभएको प्राविधिक विषयभन्दा माथि उठेर मानवीय आधारमा आफ्ना नागरिकको उद्धार गर्नु राज्यको दायित्व हो । हाम्रो सफलता हामीले कति बैठक ग¥यौं भन्नेमा होइन, नागरिकले कति सहज, छिटो र विश्वसनीय सेवा पाए भन्नेमा निर्भर हुन्छ । परिणाममुखी कार्य संस्कृतिलाई व्यवहारमा उतार्न म सबैलाई आग्रह गर्दछु ।’

श्रम अडिट र निरीक्षणलाई तिब्रता दिँदै श्रम शोषण गर्नेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन मन्त्री यादवले निर्देशन दिनुभयो । पीडित नागरिकहरू न्यायका लागि विभिन्न निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गरी सम्बन्धित डेस्कबाटै समस्या समाधान गर्ने व्यवस्था मिलाउन उहाँले ध्यानाकर्षण गराउनु भयो ।

पुँजीगत खर्च वृद्धि गर्न र चालु आयोजनाहरूको प्रभावकारिता सुनिश्चित गर्न नियमित अनुगमनको व्यवस्था गर्नुपर्ने उहाँले बताउनु भयो ।

मन्त्रालयले गरेका सकारात्मक कामहरूलाई आम नागरिकसम्म पु¥याउन सूचना प्रविधि र सञ्चार टोलीलाई सक्रिय बनाउन समेत उहाँले निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल