१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए



अ+ अ-

रोल्पा । रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिएका छन् । झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । झाँक्रीको उम्मेदवारी फिर्तासँगै अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त पदमा नेकपाको तर्फबाट जनक बुढामगर र काङ्ग्रेसको तर्फबाट कलम रोकाले उम्मेदवारी दिएका छन् । गएको स्थानीय तह निर्वाचनमा झाँक्रीले सोही वडाबाट स्वतन्त्र उम्मेदवार बनी सदस्य पदमा निर्वाचित भएका थिए । झाँक्रीले सोमबार सो पदबाट राजीनामा दिइ अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । गाउँपालिका अध्यक्षलाई दिएको राजीनामा स्वीकृत गराई अध्यक्ष पदमा उम्मेदवार बनेका झाँक्रीले शनिबार एकाएक उम्मेदवारी फिर्ता लिएपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा सुनिन थालेको छ ।

सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ झाँक्रीले भने । एकता थवाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगेँ झाँक्रीले भने ।