१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक

इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक
अ अ+ अ-

गोरखा । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ । सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पुर्याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन । दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन् ।

यस्तो अवस्थामा पनि गोरखा दरबार क्षेत्र र यहाँस्थित गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको सङ्ख्या भने घटेको छैन । भूकम्पले क्षतिग्रस्त भए पनि ठूलो आस्था एवं विश्वासका कारण गोरखकाली मन्दिरमा दर्शनार्थी आउने क्रममा कुनै कमी नआएको मन्दिरका पुरोहित हरिबाबु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कालिका मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म पूजाआजा हुने यस मन्दिरमा विशेषगरी बडादशैँ र चैतेदशैँमा विशेष पूजा गरिन्छ । नेपालको गौरवशाली इतिहासको शुरुआत गोरखा दरबारबाटै भएका कारण देशका विभिन्न स्थानबाट दिनानुदिन पर्यटक आउने गरेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । भूकम्पले यहाँका धेरै संरचना क्षतिग्रस्त भए पनि गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको शुरुआत भएको ठाउँ भन्दै पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

नेपाली इतिहासमा गौरव गर्ने स्थानका रूपमा गोरखा दरबार रहेका कारण एक पटक यो ठाउँ पुगौँ भन्ने अभिलाषाका साथ आफू गोरखा दरबार आइपुगेको त्यहाँ भेटिनुभएका नेपालगञ्ज खजुराका श्यामप्रसाद पन्तले बताउनुभयो । पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यका साथ गोरखकाली मन्दिर परिसरमा तत्कालीन पोसाक र हातहतियारसहित खटिएका सुरक्षाकर्मी देख्दा आफूलाई छुट्टै गौरवको अनुभूति भएको उहाँले बताउनुभयो ।

“चिटिक्क कालो दौरासुरुवालमा सजिएका सुरक्षाकर्मी, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुक कति सुहाएको,” उहाँले थप्नुभयोे, “साथीभाइ, इष्टमित्र सबैलाई देखाउनका लागि भने पनि उनीहरूसँग सँगै बसेर फोटो खिचाएँ, फेसबुकमा पनि पोष्ट गर्छु ।” राजा पृथ्वीनारायण शाहले यही दरबारबाट सिङ्गो नेपालको परिकल्पना गर्नुभएका कारण पनि यो ठाउँको आफ्नै महत्व रहेको उहाँले बताउनुभयो ।

पन्त जस्तै पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सुरक्षाकर्मीसँग यहाँ आउने जो कोहीले फोटो खिचाउने गरेका छन् । पृथ्वीनारायणकालीन पोसाक र हातहतियारसहितका सुरक्षाकर्मी गोरखा दरबारको अर्को आकर्षण बनेको छ । तत्कालीन समयको पोसाकसहितका सुरक्षाकर्मी राखेका कारण यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहासबारे जानकारी लिन र त्यसको केही मात्रामा भने पनि अनुभूति गर्न अझै सहज हुने विश्वास लिइएको गोखरा दरबार हेरचा अड्डाका सूचना अधिकारी कट्टेलले जानकारी दिनुभयो ।

नेपाल एकीकरणका क्रममा सेनाको बहादुरीले वीर गोर्खाली भनेर देश–विदेशमा परिचित गराएको बताउँदै कट्टेलले तत्कालीन समयको पोसाकमा सेना राखिनुले इतिहाससमेत जीवन्त हुने उल्लेख गर्नुभयो । गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबार यतिखेर पुनःनिर्माणको क्रममा छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करिब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो ।

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार पुरातात्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीनस्वरूप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरूपमा पुनःनिर्माण गर्न लागिएको छ ।

दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, चौघेरा दरबार, दमाइँ पाटीलगायतका स्थान भने मर्मत भइसकेको छ । निर्माण सामग्री राख्ने स्थान अभाव आदिका कारण दरबारसँगै रहेको कालिका मन्दिरको पुनःनिर्माण शुरु हुन नसकेको र दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरको पुनःनिर्माण अघि बढाइनेछ ।

भूकम्पले यहाँस्थित पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाइँपाटी, बडादशैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटीलगायतका संरचनामा क्षति पु¥याएका कारण केहीको निर्माण गरिसकिएको छ भने केही निर्माणका क्रममा छन् ।

झण्डै पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका कारण यिनीहरूको पुनःनिर्माण कार्य क्रमिकरूपमा बढिरहेको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखा दरबारसँगै गोरखा राज्यका इतिहासका हरेक पक्ष राखिएको गोरखा सङ्ग्रहालय पनि यहाँको अर्को आकर्षण हो । सङ्ग्रहालय गोरखा दरबार रहेको डाँडाको फेदीमा पर्दछ ।

सङ्ग्रहालयको मुख्य प्रवेशद्वारमा सजाइएका सन् १७९२ मा निर्मित दुई तोपमा फोटो खिचाउन पर्यटक लालायित हुने गरेका छन् । सङ्गहालयभित्र राखिएका गोरखाका शाह राजाहरूको परिचयात्मक कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष आदिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

त्यस्तै सङ्ग्रहालयमा रहेका कलात्मक भाँडावर्तन कक्ष, लिच्छवी चैत्य कक्ष, धार्मिक बाजा कक्ष, बगैँचा आदिले पर्यटकलाई लोभ्याउने गरेको छ । सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशीका लागि रु १००, नेपाली सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १० प्रवेश शुल्क निर्धारण गरिएको कर्मचारी कोपिला देवकोटाले जानकारी दिनुभयो ।