१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

गुरुकुललाई एक लाख १०५ सहयोग

गुरुकुललाई एक लाख १०५ सहयोग
अ अ+ अ-

काठमाडौँ । वैदिक ज्ञान प्रचारप्रसारमा योगदान गर्दै आएको गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकुललाई दाताले रु एक लाख १०५ सहयोग गरेका छन् । गोकर्णेश्वर–८ निवासी समाजसेवी दीपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद सहयोग गर्दै आम जनमानसमा वैदिक ज्ञान फैल्याउन प्राचीनकालदेखि नै गुरुकुलले सहयोग गर्दै आएको बताउनुभयो ।

गुरुकुलजस्ता प्राचीन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन सक्ने उहाँको धारणा थियो । विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील भण्डारीले धार्मिक, शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । नगरपालिकाको धार्मिक समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसेले पुरातन संस्कृतिको जगेर्नामा स्थानीय सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समिति संयोजक पण्डित दिवाकरप्रसाद भण्डारी, समिति सदस्य कुलप्रसाद पुडासैनी, प्रा डा ऋषिराम पोखरेल, डा चिन्तामणि योगी, गुरुकुलका प्राचार्य श्रीराम अधिकारीले गोकर्णेश्वर, उत्तरवाहिनी क्षेत्रलगायत नगर क्षेत्रका धार्मिक सम्पदालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । गुरुकुलमा ६० जना विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययनरत छन् । यहाँका बटुकले राष्ट्र एवं विश्वशान्तिको सङ्कल्पले दैनिक वैदिक रुद्राभिषेक महायज्ञसमेत गर्दै आएका छन् ।