१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुकुललाई एक लाख १०५ सहयोग



अ+ अ-

काठमाडौँ । वैदिक ज्ञान प्रचारप्रसारमा योगदान गर्दै आएको गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकुललाई दाताले रु एक लाख १०५ सहयोग गरेका छन् । गोकर्णेश्वर–८ निवासी समाजसेवी दीपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद सहयोग गर्दै आम जनमानसमा वैदिक ज्ञान फैल्याउन प्राचीनकालदेखि नै गुरुकुलले सहयोग गर्दै आएको बताउनुभयो ।

गुरुकुलजस्ता प्राचीन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन सक्ने उहाँको धारणा थियो । विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील भण्डारीले धार्मिक, शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । नगरपालिकाको धार्मिक समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसेले पुरातन संस्कृतिको जगेर्नामा स्थानीय सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समिति संयोजक पण्डित दिवाकरप्रसाद भण्डारी, समिति सदस्य कुलप्रसाद पुडासैनी, प्रा डा ऋषिराम पोखरेल, डा चिन्तामणि योगी, गुरुकुलका प्राचार्य श्रीराम अधिकारीले गोकर्णेश्वर, उत्तरवाहिनी क्षेत्रलगायत नगर क्षेत्रका धार्मिक सम्पदालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । गुरुकुलमा ६० जना विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययनरत छन् । यहाँका बटुकले राष्ट्र एवं विश्वशान्तिको सङ्कल्पले दैनिक वैदिक रुद्राभिषेक महायज्ञसमेत गर्दै आएका छन् ।