१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

विद्युत् खपत बढाउने यस्तो छ प्राधिकरणको तयारी

विद्युत् खपत बढाउने यस्तो छ प्राधिकरणको तयारी
अ अ+ अ-

काठमाडौं । तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ ।

प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो । प्राधिकरण आफैँले प्रक्षेपण गरेको योजनाअनुसार नै वार्षिक १० प्रतिशतको दरमा विद्युत्को माग बढ्नुपर्ने थियो । तर पछिल्ला दिनमा प्राधिकरणको अपेक्षाअनुसार विद्युत् माग बढ्न सकेको छैन ।

प्राधिकरणले उपभोक्ताले चाहे जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्दै विद्युत् खपतको रणनीतिक योजना अगाडि सारेको हो । यस्तै, वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तररूपमा अगाडि बढाउने लक्ष्यका साथ काम शुरु गरिएको छ ।

हाल प्राधिकरणको प्रणालीमा आफ्नै आयोजनाबाट १० हजार ६४२ मेगावाट घण्टा, निजी क्षेत्रबाट नौ हजार ३२१ मेगावाट घण्टा विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा उपलब्ध हुने विद्युत्को मात्रा हाल उपलब्ध भएको भन्दा बढी हुनेछ । त्यस आधारमा पनि विद्युत् खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण पुगेको छ ।

सोही अवस्थालाई मध्यनजर गरेर प्राधिकरणले वितरण केन्द्रलाई आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरमा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप गर्न स्तरोन्नतिको कामलाई अगाडि बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उत्पादित विद्युत् खेर जान नदिई खपत बढाउनका लागि वितरण प्रणालीको सुदृढीकरण गर्नु आजको प्रमुख चुनौती रहेकाले तत्कालै काम शुरु गर्नु जरुरी भइसकेको छ ।

“विद्युत् खपत बढाउन घरघरमा इन्डक्शन चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेशन खोल्ने गरी अगाडि बढिरहेका छौँ, इन्डक्शन चुल्हो र चार्जिङ स्टेशनको लोड धान्ने गरी संरचनागत व्यवस्था गर्नु जरुरी भइसकेको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

प्राधिकरणले विशेषगरी काठमाडौँ उपत्यकामा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गर्ने तयारी थालेको र कार्यान्वयनका लागि पनि सम्बन्धित वितरण केन्द्रले उत्तिकै ध्यान दिनु जरुरी भइसकेको उहाँको भनाइ छ ।

उभोक्ताले चाहिए जति विद्युत् खपत गर्ने वातावरण बनाउन पनि वितरण प्रणाली विश्वसनीय र भरपर्दो बनाउनुपर्नेछ । कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने बताउनुभयो । उहाँका अनुसार उपभोक्ताको घरघरमा विद्युत् पु¥याउन प्राधिकरणले ५०, १००, २००, ३०० र ५०० केभिए क्षमताका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ । माग बढ्दा त्यसको क्षमता पनि क्रमैसँग बढाउनुपर्ने आवश्यकता रहेको छ ।

प्राधिकरणले तीन वर्षमा नयाँ निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभिए क्षमताका वितरण सबस्टेशन प्रणालीमा थप गरेको छ । करिब दश हजार वितरण ट्रान्सफर्मरहरु थप जडान गरी करिब एक हजार मेगावाट बराबरको वितरण क्षमता बढाइएको छ । यसलाई अझै बढाउनुपर्ने अवस्था रहेको छ ।

चालू आर्थिक वर्षमा निर्माणाधीन माथिल्लो तामाकोशी (४५६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाहरुको निर्माण सम्पन्न भई करिब एक हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्रक्षेपण छ ।

सरकारले विद्युत्को पहुँच र खपत बढाउन तीन वर्षभित्रमा मुलुकभर शत्प्रतिशत विद्युतीकरण गर्ने योजना अगाडि सारेको छ । प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाका रूपमा घोषणा गर्ने तयारी गरेको छ ।

उत्पादित विद्युत्लाई खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “समस्या समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने र उद्योगलाई विद्युत् आपूर्ति दिन सहजीकरण गर्नुपर्छ ।”

विद्युत् खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनमा लाग्दै आएको थप शुल्कसमेत घटाएको छ । त्यसबाट उद्योगीले थप विद्युत् खपत गर्ने वातावरण तयार हुने विश्वासमा प्राधिकरण छ ।

यस्तै उपभोक्तालाई मिटर लिन प्रोत्साहित गर्ने, जग्गाधनी पुर्जा नभएका भूमिहीन तथा सुकुम्वासीलाई पनि मिटर सहजरूपमा दिने, स्थानीय तहको सिफारिसबिना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण दिने काम पनि प्राधिकरणले गरिरहेको छ । यसबाट विद्युत् खपत बढ्ने प्राधिकरणको अपेक्षा छ ।