१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्प्युटर शिक्षाका लागि ‘डिजी स्कुल’



अ+ अ-

काठमाडौं । कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ ।

नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको उक्त कार्यक्रम सञ्चालन भए विद्यालयस्तरमै विद्यार्थीले उच्चस्तरको कम्युटर शिक्षा प्राप्त गर्नसक्ने जनाइएको छ । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम शुरु भएपछि उनीहरुले अन्तरराष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउनेछन् ।

‘डिजी स्कुल’को आज यहाँ भएको उद्घाटन समारोहमा एनसिसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले उक्त कार्यक्रम बेलायत, सिङ्गापुर, पाकिस्तान, भारतलगायत देशमा लोकप्रिय रहेको बताउनुभयो । यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम सञ्चालन गर्न चाहने स्कुलले सफ्ट्वेएरका कलेजमार्फत अध्यापन गराउन सक्नेछन् । डिजी स्कुल पढ्ने विद्यार्थीले स्कुलमै जाभा, पाइथन, सिउडोकोड, स्क्रटाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवयर मर्मतलगायत विषय सिक्न सक्नेछन् । यस्तै आफैँ सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने सफ्टवेरिकाका डिजी स्कुल, प्रोग्राम अफिसर सम्झना बडालले बताउनुभयो ।

अफलाइन प्रणालीबाट समेत उक्त अध्ययन गर्न सकिनेछ । कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरुको प्रगति विवरण शिक्षकले चाहेका बेला सजिलै हेर्न सक्ने जनाइएको छ । नेपालका स्कुले विद्यार्थीले पनि अन्तरराष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याइएको हो । सन् २०१० देखि उक्त कलेजले शिक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।