२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यान चम्किँदा अल्बानियामाथी फ्रान्सको जित



अ+ अ-

युरोकप छनोटको अन्तिम खेलमा समेत फ्रान्सले जित हात पारेको छ । फ्रान्सले २–० गोल अन्तरले अल्बानियालाई पराजित गरेको हो । फ्रान्स समूह एचको शीर्ष स्थानमा रहँदै युरोकपमा बलियो देखिएको छ । उसले दोस्रो स्थानको टर्कीसंग दुई अंकको अग्रता लिदै समूह चरणको प्रतिस्पर्धा अन्त्य गर्यो ।

खेलको आठौ मिनेटमा कोरेन्टिन टोलिसोले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए । ३१ औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सको अग्रता पहिलो हाफमै दोब्बर बनाएका थिए । समूह एचको खेलमा फ्रान्सले १० खेलबाट २५ अंक जोड्यो ।

अल्बानिया १३ अंक सहित चौथो स्थानमा रह्यो । स्पेनले छनोटको अन्तिम खेलमा रोमानिया र जर्मनीले नर्दन आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।