३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बङ्गलादेशसँग नेपाल पराजित

बङ्गलादेशसँग नेपाल पराजित
अ+ अ-

काठमाडौं । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।

यस जितसँगै लगातार तेस्रो जित निकालेको बङ्गलादेश समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि बङ्गलादेशले हङकङ र भारतलाई पराजित गरेको थियो । बङ्गलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९ रनको योगदान दिए । छपन्न बल खेल्दै उनले दुई छक्का र छ चौका प्रहार गर्दै अविजित ५९ रनको योगदान दिएका हुन् ।

त्यस्तै बङ्गलादेशका अर्का ब्याट्सम्यान मोहमद्द नाइमले ४५, यसिर अलीले १८ तथा सोम्य सरकारले ११ रनको योगदान दिए । बलिङतर्फ नेपालका सोमपाल कामी र सुसन भारीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले नौ, विनोद भण्डारीले आठ, उपकप्तान दीपेन्द्र सिंह एरीले छ तथा शरद भेषवकरले एक रन जोडे ।

बलिङतर्फ बङ्गलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३÷३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले दुई÷दुई विकेट लिए । हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना भने न्यून भएको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको थियो ।

विभिन्न आठ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, बङ्गलादेश र हङकङ छन् । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।