१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह
अ अ+ अ-

काठमाडाैँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरूले जनताको अधिकारलाई संरक्षण गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराउनुभयो । सांसद विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लामा प्रसारण लाइनबाट करेन्ट लागी घाइते भए पनि उपचार नपाएकाले उपचारको व्यवस्थाका साथै प्रसारण लाइन दुर्घटना नहुने गरी व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको सडक जीर्ण भएकाले छिटो निर्माण गर्न माग गर्नुभयो । सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्ज जीवनकै कठिन अवस्थाबाट गुज्रिएको, वीरगञ्जको सडक भत्किएको, हेटौँडामा २५ गज, वीरगञ्जमा २५ मिटरको सडक मापदण्ड बनाउँदा एउटै राजमार्गमा दोहोरो हुनेगरी नीतिगत र कानुनी व्यवस्था गर्न नहुने बताउनुभयो । सांसद भरतबहादुर स्वाँरले अछामको विकासमा कञ्जुस्याइँ गरिएको जिल्ला अस्पताललाई १०० शय्याको बनाइनुपर्ने माग गर्नुभयो । सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गरी किसानलाई जग्गा दिन माग गर्नुभयो । जिल्लामा बाँदर तथा बँदेलका कारण कृषक बाली उठाउन नपाउने भएकाले नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका पुल निर्माण सम्पन्न नभएकाले वर्षायाम अगावै वैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो । सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका हकअधिकारलाई उच्च प्राथमिकता दिएको आगामी बजेट निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद मञ्जु भुसालले बुटवलबाट प्रादेशिक राजधानी सारिएपछि बजार सुनसान भएको, बुटवल क्षेत्रका जनताको सुरक्षित बसोबास निश्चित गरी बस्ती व्यवस्थित बनाउने काम अघि बढाउन माग गर्नुभयो । सांसद मनदकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रमको बुँदा नं ५८ मा गरिएको अपाङ्गका लागि गरिएको व्यवस्था उपयुक्त नभएकाले विशेष व्यवस्था गर्न माग गर्नुभयो । सांसद मनमाया विकले सुकुमवासी समस्याका विषयमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट अनुगमनमा जाँदा विद्यार्थीले पढ्न नपाएको, डोजरले घर भत्काएको दृश्यले मानसिक समस्यामा रहेकाले समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद मनिष खनालले ३५ वर्षदेखि लालपुर्जाको राजनीति अब बन्द हुनुपर्ने बताउँदै वास्तविक सुकुमवासी समस्या समाधान गर्न प्राधिकरण गठन गरिनुपर्ने माग गर्नुभयो । सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गर्नुभयो । जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ थियो । सांसद मोहनलाल आचार्यले प्राचीन तिलौराकोट रहेको कपिलवस्तुको पर्यटकीय विकास गर्नेगरी बजेट ल्याउन माग गर्नुभयो । सांसद महम्मद फिरदोस आलमले रौतहटको सीमावर्ती क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गर्दा समस्या भएकाले समाधान माग गर्नुभयो ।

जिल्लामा उखु किसानका उखु थन्किएकाले गरुडाको श्रीराम सुगर मिल तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो । सांसद वसुमाया तामाङले रैथाने र मौलिक परिकारलाई विश्वमा चिनाउन माग गर्नुभयो । ६० प्रतिशत जनता कृषिमा निर्भर भएकाले रैथाने र मौलिक कृषि उपज विदेशमा निर्यात गर्न र विश्व व्यापार सङ्गठनमा गरेको प्रतिबद्धता पूरा गर्न माग गर्नुभयो । सांसद भरत गिरीले राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन भएकाको घरबारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद युवराज दुलालले मेलम्ची, इन्द्रावती बाढी पीडितको समस्या समाधानमा काम गर्न अनुरोध गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाको सामाजिक उत्थान कार्यक्रम सञ्चालनमा ल्याउन र वनदेउ चौतारा सडक जीर्ण भएकाले निर्माण गर्न माग गर्नुुभयो । सांसद रचना खतिवडा खत्रीले सहिद परिवार र घाइतेको घाउमा मल्हम लगाउन माग गर्नुभयो । सांसद रजनी श्रेष्ठले खेलाडी विदेशिन बाध्य भएको उल्लेख गर्नुहुँदै विद्यालयमा खेल अनिवार्य गरिनुपर्ने र खेल क्षेत्रमा राजनीति नगर्न माग गर्नुभयो । सांसद रत्नकुमारी थापाले अछामका बाढी पहिरो पीडितको समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद रञ्जु न्यौपानेले ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचना निर्माण गर्न माग गर्नुभयो । सांसद रमेशकुमार मल्लले सल्यानमा असिना पानीले कृषि उपज क्षति गर्नाका साथै संरचनामा क्षति पुगेकाले तथ्याङ्क सङ्कलन गरेर क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । सांसद रमेशकुमार सापकोटाले कर्णालीमा विद्युत् नहुँदा बनाउन ढिलाइ भएको बताउनुभयो । अन्यत्र यस्तो समस्या हुँदा पाँच, सात दिनमै बन्ने तर कर्णालीमा ढिलाइ भएको उहाँले जानकारी गराउनुभयो ।

सांसद रमेश प्रसाइँले जेनजी आन्दोलनका दोषीलाई कानुनी कारबाहीको माग गर्नुभयो । सांसद रहबर अन्सारीले बारा पर्सा कोरिडोर नेपालको ठूलो करिडोर भएको यहाँ खोला, नाला हडी उद्योग बनेकाले उच्चस्तरीय छानबिन गरी हड्पिएको जग्गा सरकारी स्वामित्वमा ल्याउन माग गर्नुभयो ।

सिमराको क्यासिनोमा नेपालीलाई प्रवेश गराइएकाले त्यसमा प्रतिबन्ध लगाउनुपर्नेमा उहाँको जोड थियो । सांसद राजकिशोर महतोले किसानको बाली नीलगाईका कारण क्षति पुगेकाले यो समस्या समाधान गर्न माग गर्नुभयो । सांसद राजन गौतमले नवलपुरमा नारायणी कटानले भूमि गुमाउने जनताले जग्गा कहिले पाउने निश्चित गर्न माग गर्नुभयो । तटबन्धलाई आगामी वर्षको बजेटमै व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद राजीव खत्रीले काठमाडौँ र भक्तपुरमा बन्ने भनिएको स्मार्ट सिटीको काम दशकौँ भइसक्दा पनि ढिलाइ भएको भन्दै छिटो निर्माण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद कलावती शर्माले सुकुमवासी समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।