२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

४३ वर्षपछि ‘जीवनरेखा’ को विशेष प्रदर्शन

४३ वर्षपछि ‘जीवनरेखा’ को विशेष प्रदर्शन
अ+ अ-

काठमाडौँ। शिव श्रेष्ठ फाउन्डेशनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्यमा र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’ , जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरियो। यस्का लागि डिजिटल सिनेमा नेपाल (डीसीएन ) को पनि सहयोग रहेको थियो।

नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेशनसंग मिलेर गरेको छ।

यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड चलचित्र डिजिटाइज गरिसकेको छ भने ऐतिहासिक, अभिलेखीय महत्वका तथा साहित्यिक कृतिमा आधारित थप १० चलचित्र डिजिटाइज गर्ने तयारी भइरहेको छ।

बोर्डका अनुसार यो अभियान पुराना चलचित्रलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुर्‍याउने प्रयास हो। पुरानो पुस्ताले हेरेका र सम्झनामा राखेका चलचित्रलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य कार्यक्रमको केन्द्रमा छ।

कार्यक्रममा विशिष्ट कलाकार नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, नायक शिव श्रेष्ठ, पुर्व वोर्ड सदस्य एवं चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, चलचित्रकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारी लगायत दर्शकहरुको उल्लेख्य उपस्थिति थियो।

जीवन रेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के,प्रकाश थापा,अर्जुनजंग शाही, वसुन्धरा भुषाल , गोपालराज मैनाली, हरिवंश आचार्य आदिको अभिनय रहेको छ।