२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र कुवेत भिड्दै

अ+ अ-

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार २ः४५ बजे शुरु हुनेछ । उक्त खेल नेपालको पहिलो घरेलु खेल हो । नेपाल र कुवेतबीचको खेल यही मङ्सिर ३ गते दशरथ रङ्गशालमा हुने तय भएको थियो, तर नेपालको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न लागेको हो

उक्त खेलका लागि छनोटमा परेका चार नेपाली खेलाडी समावेश छैनन् । भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीसहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले बर्खास्त गरेको थियो ।

उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध रहेका खेलाडीबाट नै उत्कृष्ट नतिजा निकाल्ने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक योहान कालिनको भनाइ छ । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो । सोही हारको बदला लिने दाउमा नेपाल रहेको छ ।

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार २ः४५ बजे शुरु हुनेछ । उक्त खेल नेपालको पहिलो घरेलु खेल हो । नेपाल र कुवेतबीचको खेल यही मङ्सिर ३ गते दशरथ रङ्गशालमा हुने तय भएको थियो, तर नेपालको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न लागेको हो

उक्त खेलका लागि छनोटमा परेका चार नेपाली खेलाडी समावेश छैनन् । भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीसहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले बर्खास्त गरेको थियो ।

उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध रहेका खेलाडीबाट नै उत्कृष्ट नतिजा निकाल्ने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक योहान कालिनको भनाइ छ । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो । सोही हारको बदला लिने दाउमा नेपाल रहेको छ ।

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।