१६ श्रावण २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले क्रियाशील सदस्यता सेवामा एआई कल सेन्टर सुरु, २४ सै घण्टा सहयोग उपलब्ध



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई प्रविधिमैत्री र सहज बनाउन एआई आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ।

केन्द्रीय कार्यालयले सदस्यता सम्बन्धी समस्या, जिज्ञासा तथा सुझावहरूलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले नयाँ सेवा सुरु गरेको हो। अब सदस्यहरूले 9701255555 नम्बरमा सम्पर्क गरी ‘कांग्रेस एआई साथी’सँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्।

पार्टीका अनुसार यो एआई सेवा हप्ताको सातै दिन र चौबिसै घण्टा उपलब्ध रहनेछ। यसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियासम्बन्धी जानकारी प्रदान गर्नुका साथै आवश्यक समाधान र मार्गदर्शनसमेत दिनेछ। यसमार्फत सदस्यहरूको गुनासो तथा सुझावहरू डिजिटल रूपमा संग्रह गरी व्यवस्थापन प्रक्रिया अझ व्यवस्थित बनाइने अपेक्षा गरिएको छ।

यसैबीच, केन्द्रीय कार्यालयको डिजिटल सपोर्ट टिम पनि निरन्तर रूपमा सक्रिय रहने जनाएको छ। सदस्यहरूले 9712056351 र 9712056352 नम्बरमा सम्पर्क गरी थप सहयोग र सहजीकरण प्राप्त गर्न सक्नेछन्।