१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरकै सबैभन्दा ठुलो ‘फिटनेश डिएसपि’ थिमीको राधेराधेमा



अ+ अ-

भक्तपुर । मध्यपुर थिमीलगायत भक्तपुरका स्थानीय युवा, गृहिणी र वयस्कहरुको स्वास्थ्यलाई लक्षित गर्दै भक्तपुर जिल्लाभरीकै सबैभन्दा ठुलो र अन्तराष्ट्रियस्तरको अत्याधुनिक, सुविधासम्पन्न महिलामैत्री शारीरिक व्यायामशाला ‘फिटनेश डिएसपि’ खुलेको छ ।

डाइट प्लानसहित ‘फिट टु फिट, स्लिम टु फिट’ नारा रहेको उक्त व्यायामशालाले सबै उमेर समूहका मोटा या दुव्ला महिला र पुरुषलाई हरदम चुस्त र स्वस्थ राख्ने उद्धेश्य राखेको छ ।
फिटनेश डिएसपि अर्थात ‘डिभाइन सुपरनेचुरल पावर’ प्रालि स्थापना गरि तीनजना युवा व्यवसायी दिपक सापकोटा, प्रकाश थापा र समीर बस्नेतद्वारा करीव २ करोड रुपैयाँ लगानी गरी सो व्यायामशाला स्थापना गरिएको हो ।


करीव चारसय जनाको क्षमता तथा ४ हजार ५०० वर्गफिट क्षेत्रफलको सो ‘फिटनेश डिएसपि’ राधेराधेस्थित भाटभटेनी सुपर स्टोरबाट करीव दुईसय मिटरको दुरीमा अवस्थित छ । ‘फिटनेश डिएसपि’ विहान साँढे पाँचबजेदेखि बेलुकी आठबजेसम्म सञ्चालन हुनेछ ।

जिम, काडिर्याे, जुम्बा, एरोविक, किक बक्सिङ्ग, ब्याटल रोप, लगायतका शारिरीक व्यायामको लागि आवश्यक अत्याधुनिक र सुविधासम्पन्न खेलसामाग्री रहेको सो व्यायामशालामा अर्काे हप्तासम्म साउना, स्टिम र ज्याकुजिको तयारी भइसक्ने ‘फिटनेश डिएसपि’ का सञ्चालक समीर बस्नेतले बताए ।


सञ्चालक बस्नेतका अनुसार ‘फिटनेश डिएसपि’मा स्थापनाको एकमहिनाको अवधिमा हालसम्म १ सय २५ जना सदस्य बनिसकेको र केही महिनामै क्षमता अनुसार ४ सयजना सदस्य संख्या पुग्नेछ । व्यायाम गर्न आउने सदस्यहरुका लागि पारिवारिक वातावरणमा योग्य र अनुभवि प्रशिक्षकहरुबाट सिकाइने व्यवस्था मिलाइएको र यसका लागि हाल १० जना प्रशिक्षक र १० जना कर्मचारी नियुक्त गरिएको बस्नेतले भने ।
एकपटकमा ४० महिला र ४० पुरुष अभ्यास गर्नसक्ने गरि खोलिएको ‘फिटनेश डिएसपि’मा महिला र पुरुषका लागि ४०/४० वटा लकरको व्यवस्था समेत गरिएको छ ।


धुँवा र धुलोमा हिँड्ने जुनसुकै उमेरका महिला पुरुषले हरेक दिन कम्तिमा पनि एकघण्टा शारीरिक व्यायाम गर्नुपर्ने ‘फिटनेश डिएसपि’ अर्का सञ्चालक दिपक सापकोटा बताउँछन ।
बिहान र बेलुकीको समय करीव प्याक भइसकेकोले दिउँसोको समयमा घरबस्ने फुर्सदिला गृहिणी महिला र कलेज पढ्ने विद्यार्थीलाई लक्षित गरि डिस्काउण्ट स्किम ल्याइने सचालक बस्नेतले बताए ।


हाल ‘फिटनेश डिएसपि’ मा कलेज पढ्ने विद्यार्थीका साथै महिला, पुरुष र शारीरिक सुगठनमा भाग लिने खेलाडीहरु आउने गरेका छन् । पछिल्लो समयमा कलेज पढ्ने छात्राहरुको संख्या बढीरहेको छ । कलेज पढ्ने युवतीहरुमा आफ्नो शरीर फिट राख्ने चासो बढेकोले उनीहरु कलेजको पढाई सकेर या समय मिलाएर आउने गरेको बस्नेतले बताए ।