८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश स्तरीय कांग्रेस भेला आजदेखि सुर्खेतमा, सभापति थापाले उद्घाटन गर्ने



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कर्णाली प्रदेश स्तरीय दुई दिने भेला आजदेखि सुर्खेतमा सुरु हुँदैछ ।

प्रतिष्ठानका अनुसार आज र भोलि सञ्चालन हुने उक्त भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गर्ने कार्यक्रम तय गरिएको छ । भेला आज साढे १२ बजेपछि सुरु हुने जनाइएको छ ।

भेलामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ । कार्यक्रममा पार्टीको नीति, संगठन सुदृढीकरण, प्रशिक्षण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।