१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार

उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार
अ अ+ अ-

घोराही । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ । उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ ।

सोही संवेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालनसँगै कार्यसम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइने उनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) मा ३२ र घोराही उपमहानगरपालिका वडा नं १६ मा दुई गरी ३४ मतदानस्थल तथा प्रदेशसभामा ७७ र घोराही–१६ मा पाँच गरी ८२ केन्द्र निर्धारण गरिएका छन् । वडा नं १६ मा अध्यक्षका लागि निर्वाचन हुँदैछ । यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न शुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दङ्गीशरणका मतदानस्थलको अनुगमन गरिएको छ । मङ्सिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले दाङमा निर्वाचन हुने केन्द्रको स्थलगत अनुगमन तथा अवलोकनलाई तीव्र पारेको छ ।