२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई



अ+ अ-

काठमाडौं। ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसएले लिगकाे तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो । उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।

डब्ल्यूएसएले लिग चरणमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबलाई ४-२, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई २०-४ तथा बीआईएलाई १७-२ ले पराजित गरेकाे थियाे।

यस्तै, जावलाखेल दोस्रो स्थानमा रहँदै उपविजेता बन्यो। उसले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोर्दै ५ अंक जोड्यो । उपविजेता टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो।

तेस्रो स्थान हासिल गरेको एससिआइएनएनले पाँच हजार रुपैयाँ हात पार्यो । उसले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोर्दै ४ अंक जोडेको थियो।

चौथो स्थानमा रहेको बीआईए भने तीनवटै खेलमा पराजित भयो । प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाले विजयी टोलीलाई दुई तथा पराजित टोलीलाई पनि एक अंक प्रदान गरिएको जानकारी दिए।

व्यक्तिगत विधातर्फ हिउँकला साउद सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भइन् । उनले प्रतियोगिताभर २४ स्कोर गरेकी थिइन् । त्यसैगरी, डब्ल्यूएसएकी ज्योति अर्याल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् । दुवै खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

समापन समारोहमा काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्की, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ तथा राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचार्य लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका-३० ले विशेष सहयोग गरेको थियो।

यस्तै, सक्षम नेपालका अध्यक्ष बिरुकमल श्रेष्ठले स्पाइनल कर्ड इन्जुरी भएका महिला खेलाडीलाई ३० थान डाइपर वितरण गरेका थिए।