• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

मुख्यमन्त्री पोखरेलद्वारा सभाहल र विद्यालयको स्वर्ण महोत्सव उद्घाटन



रुकुमपूर्व । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका तकसेरास्थित सभाहल र वडा नम्बर १ को मैकोटस्थित पुथा हिमालय माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नुभएको छ ।

तीनदिने जिल्ला भ्रमणको लागि प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला रुकुम (पूर्व)मा आइ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ६० लाख बजेट रुपैयाँको लागतमा निर्माण गरिएको सभाहलको उद्घाटन गर्नुभएको हो । भ्रमणका अवसरमा जिल्लाका छुट्टाछुट्टै कार्यक्रममा उहाँले पूर्वाधारको हिसाबले पछि परेको रुकुम(पूर्व)मा पर्ने मध्यपहाडी लोकमार्ग र सहिदमार्गको काम तीव्र रुपमा अगाडी बढाउन लागिपर्ने वाचा गर्नुभयो ।

रुकुमपूर्व प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला भएकाले यस जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष ध्यान दिने उहाँका भनाइ छ । एकमात्र ढोरपाटन शिकार आरक्षको ६० प्रतिशतभन्दा बढी भूभाग रुकुम ९पूर्व० मा पर्ने भएकाले यसको नेतृत्व रुकुम (पूर्व)ले गर्न पाउनुपर्ने मान्यता प्रदेश सरकारको रहेको उहाँको भनाइ छ । मिसनमा आधारित कृषि, पशुपालन लगायतका क्षेत्रमा आधुनिक शैलीलाई अङ्गाल्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी मगर बस्तीलाई सबैको पर्यटकीय गन्तव्य बनाउन ‘होमस्टे’ व्यवसाय महत्वपर्ण रहेकोले यस्ता योजना बनाएर आएमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

सोही अवसरमा विभिन्न विकास निर्माण तथा पर्यटकीय स्थलका विकास र विस्तारका लागि बजेटको व्यवस्था गरिदिन पुथाउत्तरगंगा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष ओमकुमारी शाहीले मागपत्र पेश गर्नुभयो । मागपत्रमा भएका योजनालाई छनोट गरेर प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलसँगै प्रतिनिधिसभाका सदस्य कमला रोका, पूर्व मन्त्री गणेशमान पुन, दलजित श्रिपालीलगायतका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुको उपस्थिती थियो ।