१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलद्वारा सभाहल र विद्यालयको स्वर्ण महोत्सव उद्घाटन



अ+ अ-

रुकुमपूर्व । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका तकसेरास्थित सभाहल र वडा नम्बर १ को मैकोटस्थित पुथा हिमालय माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नुभएको छ ।

तीनदिने जिल्ला भ्रमणको लागि प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला रुकुम (पूर्व)मा आइ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ६० लाख बजेट रुपैयाँको लागतमा निर्माण गरिएको सभाहलको उद्घाटन गर्नुभएको हो । भ्रमणका अवसरमा जिल्लाका छुट्टाछुट्टै कार्यक्रममा उहाँले पूर्वाधारको हिसाबले पछि परेको रुकुम(पूर्व)मा पर्ने मध्यपहाडी लोकमार्ग र सहिदमार्गको काम तीव्र रुपमा अगाडी बढाउन लागिपर्ने वाचा गर्नुभयो ।

रुकुमपूर्व प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला भएकाले यस जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष ध्यान दिने उहाँका भनाइ छ । एकमात्र ढोरपाटन शिकार आरक्षको ६० प्रतिशतभन्दा बढी भूभाग रुकुम ९पूर्व० मा पर्ने भएकाले यसको नेतृत्व रुकुम (पूर्व)ले गर्न पाउनुपर्ने मान्यता प्रदेश सरकारको रहेको उहाँको भनाइ छ । मिसनमा आधारित कृषि, पशुपालन लगायतका क्षेत्रमा आधुनिक शैलीलाई अङ्गाल्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी मगर बस्तीलाई सबैको पर्यटकीय गन्तव्य बनाउन ‘होमस्टे’ व्यवसाय महत्वपर्ण रहेकोले यस्ता योजना बनाएर आएमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

सोही अवसरमा विभिन्न विकास निर्माण तथा पर्यटकीय स्थलका विकास र विस्तारका लागि बजेटको व्यवस्था गरिदिन पुथाउत्तरगंगा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष ओमकुमारी शाहीले मागपत्र पेश गर्नुभयो । मागपत्रमा भएका योजनालाई छनोट गरेर प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलसँगै प्रतिनिधिसभाका सदस्य कमला रोका, पूर्व मन्त्री गणेशमान पुन, दलजित श्रिपालीलगायतका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुको उपस्थिती थियो ।