२९ भाद्र २०८३, सोमबार
,
Latest
सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु



अ+ अ-

इन्डोनेसिया। इन्डोनेशियाको माउन्ट डुकोनो ज्वालामुखीे शुक्रबार विस्फोटमा हुँदा तीन जना पर्वत आरोहिहरुको मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेहरुमा दुई जना सिंगापुरका नागरिक र एक जना स्थानीय रहेको जनाइएको छ । उनीहरूको शव “नो–गो जोन“ मा फेला परेको अधिकारीहरूले बताएका छन् ।

हलमहेरा टापुमा भएको उक्त विस्फोटले लगभग १० किलोमिटर वरपरको हावामा खरानी तथा तुवालोको प्रभाव रहेको उहाँले बताउनु भएको छ ।

विस्पोट हुँदा उक्त स्थानमा बीस जना पर्वतारोहीहरू रहेको उत्तरी हलमहेराका प्रहरी प्रमुख एर्लिक्सन पासारिबुले पत्रकारहरूलाई बताउनु भएको छ । उनीहरु मध्ये नौ जना सिङ्गापुर र बाँकी इन्डोनेसियाका रहेको उल्लेख गर्नु भएको छ ।

स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्पोटको समयमा वेपत्ता भएका शुक्रबार सम्म १७ जना पर्वतारोहीहरू मध्ये सात जना जीवित फेला परेका छन् ।

मृतकहरुको सव अझै पनि घटनास्थलमा रहेको बताइएको छ । जारी विस्फोटका कारण, स्थिति अझै असुरक्षित रहेकाले उद्धार टोलीले अझै पनि खोजी कार्य सुरु गर्न सही समयको प्रतिक्षामा रहेको उहाँले बताउनु भएको छ ।
विस्पोटका कारण केही पर्वतारोहीलाई चोट लागेकाले उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

यस अघि सन् २०२४ डिसेम्बर देखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी) ले वैज्ञानिकहरूले भूकम्पीय गतिविधिमा वृद्धि भएको भन्दै पर्यटक तथा पर्वतारोहीहरूलाई ज्वालामुखीको मालुपाङ वारिराङ क्र्याटरको चार किलोमिटर वरपर नआउन चेतावनी दिएको थियो ।

सरकारी भूविज्ञान विभागका प्रमुख लाना सारियाले शुक्रबारको विस्फोट पछि चर्को आवाज र माउन्ट डुकोनोको शिखरबाट १० किलोमिटर माथि उठेको खरानी र बाक्लो धुवाँ रहेको बताउनु भएको छ ।

विस्पोटको खरानी उत्तरतर्फ बढि गएकाले यस क्षेत्रमा उच्च सतर्कता अवलम्वन गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

ज्वालामुखीको लगभग नौ किलोमिटरको क्षेत्र भित्र कुनै पनि बस्तीहरू नरहेको बताइएको छ ।

इन्डोनेसिया, एक विशाल द्वीपसमूहको राष्ट्र हो यसका भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको सामना गर्ने गर्छ ।

प्रकोपको पुनरावृत्ति बाट बच्न पैदल यात्रीहरूलाई टाढा रहन आग्रह गरिएको छ । यो घटना पछि, पदयात्रीहरूले जान सक्ने चौकी तथा शिविरहरुको कडाईका साथ निगरानी गरिएको र स्थिती सहज नहुदा सम्म यात्रा अनुमती नदिने बताएको छ । (रासस/एएफपी)