२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वव्यापी मूल्य वृद्धि र क्षेत्रीय दबाबका बीच सिरियामा इन्धनको मूल्यमा उच्च वृद्धि



अ+ अ-

काठमाडौँ।  सिरियाली सरकारले इन्धन र खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गर्ने घोषणा गरेको छ ।

विश्वव्यापी रूपमा तेलको मूल्यमा भएको वृद्धि, ढुवानी लागतमा आएको बढोत्तरी र ऊर्जा क्षेत्रमा परेको क्षेत्रीय दबाबलाई कारण देखाउँदै बिहीबार नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो ।

सिरियन पेट्रोलियम कम्पनीकाअनुसार नयाँ दर अनुसार डिजेलको मूल्य प्रतिलिटर ७५ अमेरिकी सेन्टबाट बढेर ८८ सेन्ट पुगेको छ ।

त्यस्तै ९०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर ८५ सेन्टबाट वृद्धि भई १.१० डलर कायम गरिएको छ भने ९५–अक्टेन पेट्रोलको मूल्य ९१ सेन्टबाट बढेर १.१५ डलर पुगेको छ ।

इन्धनसँगै खाना पकाउने ग्यासको मूल्यमा पनि उल्लेख्य वृद्धि गरिएको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको मूल्य १०.५० डलरबाट बढेर १२.५० डलर पुगेको छ ।

साथै, औद्योगिक ग्यास सिलिन्डरको मूल्य प्रतिसिलिन्डर १६.८० डलरबाट बढाएर २० डलर कायम गरिएको छ । सिरियाली सरकारी सञ्चार माध्यमकाअनुसार पेट्रोलियम कम्पनीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमका बीच इन्धन आपूर्तिको दिगोपन सुनिश्चित गर्न र सेवालाई निरन्तरता दिन यो कदम चाल्नुपरेको स्पष्ट पारेको छ ।

लामो समयदेखि जारी गृहयुद्ध, आर्थिक संकट र अन्तर्राष्ट्रिय प्रतिवन्धहरूका कारण सिरियाले निरन्तर इन्धन अभाव र ऊर्जा संकटको सामना गर्दै आएको छ ।

पछिल्लो मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुहरूको लागत बढ्ने र यसले सर्वसाधारण तथा उद्योगी व्यवसायीहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल