१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौसैनिक झडपका बाबजुद इरानको प्रतिक्रियाको अपेक्षा गरेको अमेरिकाको भनाइ



अ+ अ-

तेहरान। संयुक्त राज्य अमेरिकाले शुक्रबार आफ्नो पछिल्लो प्रस्तावित शान्ति सम्झौतामा इरानको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको जनाएको छ।

शुक्रबबार बिहानै दुबै पक्षले एक अर्कालाई रातभर झडप निम्त्याएको आरोप लगाएपछि यसले अमेरिका इरानबिचको तनाव बढ्ने डरलाई पुनर्जीवित गरेको थियो।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार भन्नुभयो, “इरानले तनावको कारण बनेको ‘स्ट्रेट अफ हर्मुज’लाई आफ्नो नियन्त्रणमा राख्न खोज्नु हुँदैन।”

साउदी स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार साउदी अरबले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र वा आधारहरू प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेका कारण मध्यपूर्वमा थप तनावको स्थिति टरेको थियो ।

रूबियोले भन्नुभयो, “इरानले अहिले उनीहरूसँग अन्तर्राष्ट्रिय जलमार्ग (हर्मुज क्षेत्र) नियन्त्रण गर्ने अधिकार छ भनेको छ । यो एक अस्वीकार्य कुरा हो जुन उनीहरूले सामान्यीकरण गर्न खोजिरहेका छन् ।”

वासिङ्टनले पाकिस्तानका मध्यस्थकर्ताहरूमार्फत इरानलाई खाडीमा युद्धविरामको अवधि लम्ब्याउँदै १० हप्ताअघि तेहरानमा अमेरिका–इजरायल हमलापछि सुरु भएको द्वन्द्वको अन्तिम समाधानका लागि वार्तालाई अनुमति दिने प्रस्ताव पारित गरेको छ।

विदेशमन्त्री रुबियोले भन्नुभयो, “हामी आज कुनै बिन्दुमा उनीहरूबाट प्रतिक्रियाको अपेक्षा गर्दैछौँ । मलाई आशा छ, यो एक गम्भीर प्रस्ताव हो र यसमा सहमति हुनुपर्छ ।”

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले प्रस्ताव ‘अझै पनि समीक्षाको क्रममा रहेको र अन्तिम निर्णय भएपछि निश्चित रूपमा घोषणा गरिने शुक्रबार बताउनुभएको छ ।

अघिल्लो रात अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले इरानले हर्मुज पार गर्ने तीनवटा अमेरिकी युद्धपोतमा मिसाइल, ड्रोन र साना डुङ्गा प्रहार गरेको बताएको थियो, तर कसैलाई पनि आक्रमण गरिएको थिएन र अमेरिकी सेनाले इरानमा रहेको स्थलगत अखडाविरुद्ध प्रतिकार गरेको थियो।

इरानको केन्द्रीय सैन्य कमान्ड खताम अल–अनबियाले अमेरिकी जहाजले स्ट्रेट अफ हर्मुजतर्फ जाँदै गरेको इरानी ट्याङ्करलाई लक्षित गरी आफ्ना शत्रुले नागरिक क्षेत्रमा आक्रमण गरेको र त्यसपछि झडप भएको बताएको छ ।

इरानको बन्दर खामिर र सिरिक शहरका साथै केशम टापुमा आक्रमण गरेको र उक्त आक्रमण ‘केही खाडी देशहरू’ को सहयोगमा भएको तेहरानले आरोप लगाएको छ।

बकाईले अमेरिकाले ‘अन्तर्राष्ट्रिय कानुन र युद्धविरामको उल्लङ्घन’ गरेको आरोप लगाउनुभएको छ भने इरानी सेनाले दुश्मनलाई ‘ठूलो झापड’ दिएको पनि दावीप् गर्नुभएको छ।

बिहीबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अहिले कायमै रहेको छ कि छैन भन्ने प्रश्नमा भन्नुभयो, “हो, यो हो। उनीहरूले आज हामीलाई जिस्काउने काम गरे र हामीले उनीहरूलाई उडायौँ।”

इरानले अमेरिकालाई सहयोग गरेको आरोप लगाएका क्षेत्रीय सहयोगीको नाम भने खुलाएको छैन तर संयुक्त अरब इमिरेट्सले आफू इरानका ड्रोन र क्षेप्यास्त्र रोक्न बाध्य भएको बताएको छ ।  (रासस/एएफपी)