२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ सुरु



अ+ अ-

भक्तपुर। सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ आजदेखि सुरु भएको छ ।

सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा सुरु भएको प्रतियोगितामा जिल्लाभरिबाट २८ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले जानकारी दिनुभयो ।

वैशाख २६ गते शनिबार सम्पन्न हुने प्रतियोगिताको नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराईले उद्घाटन गर्नुभयो ।

कार्यक्रमका सभापति एवं नगरपालिका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिकाले खेलकुदको विकासका लागि निःशुल्क प्रशिक्षणदेखि प्रतियोगिता गर्दै आएको बताउँदै युवाहरूलाई खेलमा आकर्षित गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न लागिरहेको बताउनुभयो ।

कार्यक्रममा समितिका सदस्यसचिव दीपक थापाले २६ गते शनिबार नगरप्रमुख वासुदेव थापाद्वारा प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

प्रतियोगितामा दोस्रो हुने टिमलाई रु ३० हजार, तेस्रो हुने टिमलई रु २० हजार, सान्त्वना हुने टिमलाई रु १० हजार नगद, शिल्ड, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।

उच्च अर्थात् सबभन्दा बढी गोलकर्तालाई रु १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । रासस