५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण



अ+ अ-

म्याग्दी। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताउनुभयो ।

विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो । पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन् ।

पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण भएका छन् ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन  छ । सो सडकमा छ वटा ‘बेलिब्रिज’ पनि निर्माण भएका छन् ।