३१ श्रावण २०८३, आईतवार
,
Latest
बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १३ पैसा र बिक्रीदर २२ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९८ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६९ पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४०० रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ९० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४६ पैसा रहेको छ  ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । रासस