२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकासमा सहयोग पुग्ने कार्यक्रम तथा बजेट निर्माणमा लाग्न विकास साझेदारलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय, कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा कार्यरत विकासका साझेदारसँगको समन्वय बैठक’मा उहाँले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न सुझाउनुभयो ।

विकास साझेदारलाई प्रदेश तथा स्थानीय सरकारसँगै भएर काम गर्दा मात्र अपेक्षित नतिजा आउने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “प्रदेशका नाममा आएको बजेटको सदुपयोग र यसलाई बढाएर कार्यक्रम गर्न तथा कर्णाली विकासमा अधिकतम लगानीका निम्ति समन्वयात्मक बैठक राखिएको हो । अब नीतिगत सम्बन्ध माथि राखे पनि कार्यक्रमिक कुरा प्रदेश सरकारसँग बसेर गर्नुस् भन्न चाहान्छु ।” सबैको साझा प्रयत्नबाट मात्र सही परिणाम निकाल्न सकिने उहाँको भनाइ छ ।

प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णाली प्रदेशमा कार्यरत गैरसरकारी संस्थाले ‘कर्णाली संस्था’ भन्ने पोर्टल बनाएर काम गर्दा कुन संस्थाले कहाँ के काम गरिरहेका छन्? भन्ने जानकारी लिन सहज हुने बताउनुभयो । विकास साझेदारसँग सम्बन्ध, सहकार्य बढाउने र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा साझेदारलाई सँगसँगै लैजाने हिसाबले छलफल थालिएको बताउनुभयो ।

बैठकमा कर्णालीमा कार्यरत युनिसेफ नेपाल, युएन वमन, युएनएफपिए, डब्लुएचओ, डब्लुएफपी, आइएलओ, युएनडिपी, वल्र्ड भिजन इन्टरनेशनल, सिविएम ग्लोबल, आइपास, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेश्नल, विलिङ्क नाओ फाउण्डेसन, हेल्भटास, सुस्वा, द एशिया फाउण्डेसन, स्वीस कन्ट्रयाक्ट, लिस्प, जिआइजेट, लक, केयर नेपाल, आइएनएफ, पिनलगायत विकास साझेदार संस्थाले कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, जलवायु परिवर्तन, लैङ्गिक हिंसा, सामाजिक न्याय तथा मानव अधिकारका क्षेत्रमा काम र आगामी दिनमा गरिने योजना तथा कार्यक्रमको प्रस्तुति राखेका थिए । रासस