५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरी देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।

चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ, बारालगायत जिल्लाबाट प्रहरीले अवैध लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट तीन, मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट एक, मोरङ, पथरीशनिश्चरे नगरपालिका–४ मिलन चोकबाट तीन, ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट तीन र बाराको निजगढ नगरपालिका–११ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस