१२ श्रावण २०८३, मंगलवार
,
Latest
स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौपचारिक रूपमा विप्रेषणको काम र कारोबार नगर्न/नगराउन अनुरोध



अ+ अ-

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।

त्यहाँस्थित दूतावासले आज सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरणको राजदूतावासमा उपलब्ध गराउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, “सम्पति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार (हुण्डी) गरेका वा सङ्कलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था भएबमोजिम राजदूतावासले सोसम्बन्धी जानकारी राजदूतावासमा उपलब्ध गराउन सूचना प्रकाशित गर्दै आएको छ ।”

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२ चैत १३ मा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वीकृत बुँदा नं ४५ मा एकीकृत डिजिटल सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाइने दूतावासले जनाएको छ । रासस