२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभ्यास हातेमालो आठौँ संस्करण सम्पन्न



अ+ अ-

काठमाडौँ। नेपाली सेनाको समन्वयमा सञ्चालित अभ्यास हातेमालो आठौँ संस्करण सम्पन्न भएको छ ।

विपद् व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क अभिवृद्धि गरी विपद् प्रतिकार्य क्षमतालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ उक्त तीन दिन अभ्यास सञ्चालन भएको थियो ।

समापनका अवसरमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले अभ्यासका क्रममा विषय विज्ञ तथा सरोकारवालाबाट भएका प्रस्तुतीकरणबाट लक्षित उद्देश्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कार्यक्रमले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग, समन्वय र सहकार्यमा मद्दत पुग्ने धारणा राख्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वर्षायाममा हुनसक्ने विपद्का परिदृश्यमा आधारित रही सञ्चालन भएको तीन दिवसीय अभ्यासमा रक्षा मन्त्रालय, गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

नेपाली सेनाका रथीवृन्द, मन्त्रालय, सरकारी निकाय, स्थानीय पालिका र राष्ट्रिय तथा नेपालस्थित अन्तरराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिलगायतका सरोकारवाला निकायहरूका प्रतिनिधिको समेत अभ्यासमा सहभागिता रहेको निर्देशनालयले जनाएको छ ।