२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि समितिद्वारा कार्यविधि मस्यौदा अध्ययनका लागि सात सदस्यीय उपसमिति गठन



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समितिको आन्तरिक कार्यविधिलाई अन्तिम रूप दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

बैठकले दलगत प्रतिनिधित्व हुनेगरी उक्त उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको कामकारबाहीलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि ‘आन्तरिक कार्यविधि २०८०’ को मस्यौदा अध्ययन गर्न यो उपसमिति बनाइएको हो ।

उपसमितिमा एक जना संयोजक र ६ जना सदस्य रहने व्यवस्था गरिएको छ । समितिका सभापति अशोक चौधरीको दलगत आधारमा सदस्यहरूको नाम उपलब्ध गराउन आह्वान गर्नुभयो ।

बैठकलाई सम्बोधन गर्दै सभापति चौधरीले आगामी दिनमा मन्त्रालयगत छलफललाई थप सघन र परिणाममुखी बनाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबका बैठकहरूमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत आमन्त्रण गरेर छलफल गर्नेछौँ । माननीय सदस्यहरूले उठाउनुभएका मुद्दा र सुझावहरूलाई समितिले प्राथमिकताका साथ समेट्नेछ ।’

समितिको अर्को बैठक वैशाख २५ गते दिउँसो १ बजे बस्नेगरी तय गरिएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकलाई प्रभावकारी बनाउन मन्त्रीसँगको छलफल अगावै समितिका सदस्यहरू बीच आन्तरिक तयारी गर्ने नयाँ अभ्यास शुरु गरिने सभापति चौधरीले जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल