१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिया खेलकुद छनोट तथा एसीसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । वैकल्पिकमा भने चार जना छन् । टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्नेछिन् ।

सो टोलीमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी समावेश छन् ।

त्यसैगरी वैकल्पिक खेलाडीका रूपमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको क्यानले जनाएको छ ।

मलेसियामा हुने एसियन गेम्स छनोट मे २३ देखि ३१ तारिखसम्म हुँदैछ भने प्रिमियर कप आगामी जुन १ देखि १३ सम्म हुनेछ ।