३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

साग कुस्तीः मुख्य प्रतिस्पर्धी भारत

साग कुस्तीः मुख्य प्रतिस्पर्धी भारत
अ+ अ-

भीमदत्तनगर । तीन वर्षअघि मात्रै कुस्ती खेलमा प्रवेश गरेका कञ्चनपुर भीमदत्त नगरपालिका–६ का कुस्ती खेलाडी सुरेश चुनारा आगामी मङ्सिर तेस्रो साता हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक ल्याउने आश लाग्दा पुरुष खेलाडीको सूचीमा छन् ।

विसं २०७३ मा कुस्ती खेलमा आएको १५ दिनको छोटो प्रशिक्षणमै सातौँ राष्ट्रिय खेल्ने अवसर पाएका सुरेशले शुरुआतमै पदक ल्याउन सफल भएका थिए । “छोटो प्रशिक्षण र पहिलो राष्ट्रियस्तरको प्रतियोगितामै कास्य पदक ल्याउँदा कुस्तीप्रतिको मोह झन बढेर गयो ।

विगत चार महिनादेखि हेटौँडामा जारी सागको बन्द प्रशिक्षणमा रहेका सुरेशले यो तीन वर्षको अवधिमा राष्ट्रियस्तरमा आफ्नो तौल समूहमा तीन वटा स्वर्ण पदक जितिसकेका छन् । सन् २०१८ मा भएको १८ औँ एशियन खेलकूद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका उनले आफ्नै मुलुकमा हुन लागेको सागमा पदक ल्याउनेमा विश्वस्त रहेको बताए ।

गत वर्ष भएको आठौँ बृहत् राष्ट्रिय प्रतियोगिता हुनुअघि त्रिभुवन आर्मी क्लबसित आबद्ध भएका सुरेशले आठौँमा स्वर्ण जितेपछि पनि निरन्तर सागको प्रशिक्षणमा जुटिरहेको बताए । “पारिवारिक अवस्था नाजुक नै भए पनि घरबाट आमाले खेलमा लाग्न प्रेरणा दिनुभएकै छ”, उनले भने, “खेलस्तर माथि उकास्न राज्यले खेलकूद र खेलाडीमा भरपुर लगानी गर्नुपर्ने खाँचो छ ।”

१३ औँ सागमा ७० किलो तौलम समूहमा भीडन्तको तयारीमा रहेका सुरेश दैनिक चार घण्टा नियमित प्रशिक्षण गर्दै आएका छन । “१८ औँ एशियनको अनुभव यो सागका लागि उपयोगी भएको छ”, उनले भने, “कुस्ती खेलाडीको मेहनत आगामी सागमा पदकविहीन भएर खेर जाने कुरै आउँदैन । नेपाली कुस्ती खेलाडीका लागि भारतीय खेलाडी नै मुख्य प्रतिस्पर्धी रहेको उनको भनाइ थियो ।

“भारतसित जित्ने खेलाडीले स्वर्ण नै भित्र्याउने धेरै सम्भावना छ”, उनले भने, “भारतीय खेलाडीलाई निराश पार्ने रणनीति बुनिसकेको छु ।” लामो समयदेखि राज्यको लगानी र कुस्तीलाई दिइएको प्राथमिकता र लामो अनुभवका कारण सागमा भारतीय खेलाडीको बर्चश्व हुने गरेको सुरेशको भनाइ छ ।

“हामीलाई वैदेशिक प्रशिक्षणमा लैजाने भनेको हल्लामै सीमित रह्यो”, उनले भने, “तर पनि स्वदेशको प्रशिक्षणले खेलाडी निखारिएका छन् ।” साग कुस्तीमा महिला र पुरुष खेलाडी गरी कञ्चनपुरको बर्चश्व छ । सागको बन्द प्रशिक्षणमा जुटिरहेका यहाँका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले इतिहासमै पहिलोपटक सागमा मुलुकका तर्फबाट सबैभन्दा बढी कञ्चनपुरका खेलाडी अटाएको सुनाए ।

“यो सब खेलाडीको मेहनतको फल हो”, प्रशिक्षक चन्दले भने, “महिलातर्फ सात तौल समूहमध्ये छ जना कञ्चनपुरकै छन ।” प्रशिक्षक चन्दले महिला र पुरुष दुवैतर्फ कुस्तीमा पदक आउनेमा आफू ढुक्क रहेको बताए । “धेरैजसो खेलाडीले विगत हेर्दा धेरै समयमा कुस्तीमा फड्को नै मारेर यहाँसम्म आइपुगेका छन् ।” चन्दले भने, “सागमा कुस्ती पदकविहीन बन्ने अवस्था आउँदैन ।”

कुस्तीमा नेपालले चौथो सागदेखि लगातार पदक ल्याइरहेको बताउँदै प्रशिक्षक चन्दले १२ औंँ सागदेखि महिला सहभागी हुँदै आएको जानकारी दिए । साग छनोटमा पर्ने महिला खेलाडीमा ५० केजी तौल समूहमा मनिषा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा सङ्गीता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री, ६२ मा शुशिला चन्द र ६८ किलोतौल समूहमा निर्मला जागरी प्रतिस्पर्धा गर्दैछन् ।

“महिलातर्फ सागका लागि सबै खेलाडी नयाँ हुन्”, चन्दले भने, “महिलातर्फ रजत कास्यसम्मको आश गरेका छौँ ।” उनले पनि भारत नै नेपालका लागि मुख्य चुनौती रहेको बताए । साग भीडन्तको तयारीमा रहेका कञ्चनपुरकी शिवाङ्गी दुबे पनि कुस्तीमा छलाङ मारेकी कान्छी खेलाडी हुन् ।

दुई वर्षअघि मात्रै कुस्ती खेलमा आएकी दुबे पदक दिलाउने गरी मेहनत गरेको बताउँछिन् । “लामो समयदेखि निखारिएका भारतीय खेलाडी नि हाम्रा मुख्य प्रतिस्पर्धी हुन्”, उनले भनिन्, “प्रतियोगिताका बेला मात्रै पदकको आशा बढी गर्ने परम्परा तोड्नु पर्छ ।”

आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी दुबेले स्वर्ण जितेपछि चर्चित बनेकी थिइन् । “खेलाडीलाई बाह्य टिमसित मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको भए हाम्रा खेलाडीको स्तर थाहा हुन्थ्यो”, चन्दले भने, “त्यो हुन नसके पनि खेलाडीको प्रशिक्षण दमदार नै छ ।”