११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

म्याग्दीको बगर तातोपानी कुण्ड ओझेलमा

म्याग्दीको बगर तातोपानी कुण्ड ओझेलमा
अ अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ ।

पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीय स्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो । बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान रहेको छ ।

तातोपानी कुण्डसम्म पुग्ने पदमार्गमा झोलुङ्गे पुल, स्नान गर्ने ब्यवस्थित पोखरी र आश्रयस्थलको अभाव रहेको कुण्डको बिशेषता र महत्व स्थानीय स्तरमै सिमित भएकाले ओझेलमा परेको धवलागिरी गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।
“बगर र आसपासका गाउँका बासिन्दाले प्राकृतिक उपचारका लागि प्रयोग गर्ने तातोपानी कुण्डलाई ब्यवस्थित गर्ने प्रयासमा छौ,” उहाँले भन्नुभयो “बर्षौअघिदेखि हालसम्म सामान्य हिसाबले सञ्चालन हुदै आएको तातोपानीलाई प्राकृतिक उपचार स्थलको रुपमा विकास गर्न ब्यवस्थापन, पूर्वाधार निर्माण र प्रर्वद्धनको काम अघि बढाएका हौ ।”

बगरमा निर्माण शुरु भएको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत तातोपानी कुण्डमा महिला र पुरुषका लागि छुट्टाछुटै स्नान गर्न मिल्ने गरि पोखरी, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणको तयारी गरेको वडा सदस्य तिलिजाले बताउनुभयो ।

पूर्वाधार निर्माणका लागि जग्गा ब्यवस्थापन भइसकेको छ । हाल ढुङ्गाले छाएको टहराभित्र रहेको पोखरीमा शरिर डुबाएर स्नान गर्ने ब्यवस्था रहेको छ । बगर देखि दोभान जोड्ने सडक देखि तातोपानी कुण्ड जाने बाटोमा पर्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि पनि पहल थालिएको छ ।

यस तातोपानीको तलाउमा स्नान गरेमा चोट पटक लागेको, दाड दुख्ने, छाला, गानोगोला, सर्केमर्केको, ग्यास्ट्रिक लगायतका स्वास्थ्य समस्या निको हुने धवलागिरी गाउँपालिका–४ खिवाङका अमर रसाइलीले बताउनुभयो ।

“ढाड दुख्ने समस्या निको हुने भएकाले हरेक बर्ष १० देखि १५ दिनसम्म तातोपानी डुब्न आउने गरेको छु,” उहाँले भन्नुभयो “तातोपानीमा दैनिक दुई÷दुई घण्टाका दरले शरिर डुबाएर पानी थेरापी गरेपछि चिसो लाग्दैन, चोटपटक लागेको, खाना अरुची हुने समस्या पनि निको हुने अनुभव छ ।”

हाल बगर, मुदी, नाउरा, खिवाङ, मल्कवाङ, मलम्पार, मराङ, बिम, मुनाका बासिन्दाहरु यहाँको तातोपानी कुण्डमा शरिर डुबाएर स्नान गरि उपचारका लागि आउने गरेका छन् ।

वार्षिक दुई सय देखि तीन सय जनाले तातोपानी स्नान गर्न आउने गरेका छन् । बगर गाउँदेखि १० मिनेट पैदलयात्रा गरेपछि पुगिने तातोपानी कुण्ड नजिकैसम्म हालै सडक यातायातको सुविधा पनि पुगेको छ ।

यस तातोपानी कुण्ड र सँगै रहेको अर्मके झरनालाई ब्यवस्थित गर्न सकेमा प्राकृतिक उपचार स्थल र पर्यटकीय गन्तब्यका रुपमा विकास हुने सम्भावना रहेको छ । तातोपानी कुण्ड र अर्मके झरना चक्रीय धौलागिरि पदमार्गमा समेटिएको छ । रासस