१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनधिकृत लिङ्क नखोल्न सिआइबीको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ ।

प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पु¥याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोको भनाइ छ ।

ब्यूरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो । रासस




भर्खरै