२२ भाद्र २०८३, सोमबार
,
Latest
नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री पौडेलसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट



मन्त्री खडकराज पौडेल/फाइल फोटो
अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको  छ ।

आज यहाँ मन्त्रालयमा भएको भेटवार्तामा संस्कृति, पर्यटन प्रवर्द्धन र हवाई सुरक्षालगायत समसामयिक विषयमा छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र प्राकृतिक सुन्दरताले नेपाललाई आरोग्यको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको उल्लेख गर्दै सहकार्यका सम्भावनाबारे चर्चा गर्नुभएको थियो । उहाँले नेपालको हवाई उड्डयन सुरक्षा र नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत क्षमता सुदृढीकरणका लागि गरिएका प्रयास, आरोग्य पर्यटनसहित पर्यटन प्रवर्द्धनका लागि भएका नीतिगत सुधारहरूबारे पनि जानकारी गराउनुभयो ।

राजदूत लोरेन्जोले संस्कृति तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाललाई हवाई सुरक्षा सूचीबाट हटाउनु इयू र नेपाल दुवैको साझा लक्ष्य रहेको बताउँदै नेपालले हवाई सुरक्षा सुधारमा गरेको प्रयास तथा क्षेत्रीय समस्या समाधानमा देखाएको तदारुकताप्रति सन्तोष व्यक्त गर्नुभयो । रासस