२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस लिगमा रियल मड्रिड निरन्तर प्रभाव जमाउँदै



अ+ अ-

स्पेनिस लिगमा रियल मड्रिडले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा रियल सोसिडाडलाई ३–१ गोल अन्तरले रियल मड्रिडले पाखा लगाएको हो । यो जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । बार्सा गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ ।

वैकल्पिक खेलाडीको रुपमा ग्यारेथ वेल मैदान छिरेका थिए । तर उनले मिश्रित किसिमको प्रतिक्रिया पाएका थिए । डी सिल्भाको गोलमार्फत पाहुना टोली सोसिडाडले खेलमा अग्रता बनाएको थियो । खेलको ३७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।

त्यसैगरी फेडरिको भाल्भर्डेले ४७ औ मिनेटमा घरेलु टोलीलाई २–१ ले अघि बढाए । लुका मोड्रिचले ७४ औ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाउन सफल भए । रियलले १३ खेलबाट २८ अंक जोड्यो । सोसिडाड २३ अंक सहित पाँचौ स्थानमा रह्यो ।