५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस लिगमा बार्सिलोना संघर्षपूर्ण जित समेट्दै



अ+ अ-

स्पेनिस लिगमा बार्सिलोनाले लेगानेसलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पुछारको टिमविरुद्ध बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो ।खेलको १२ औ मिनेटमा युसुफ इन नेश्यरीले घरेलु टोली लेगानेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ५३ औ मिनेटमा लुईस स्वारेजको गोलमार्फत बार्सिलोना खेलमा फर्किएका थिए। अतुर्रो भिडालले खेलको ७९ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाउन सफल रहे ।

भिडाल वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । जितसंगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा यथावत छ । लेगानेस ६ अंक सहित तालिकाको पुछारमा छ ।