११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

‘भिलेज सफारी’मा सरर आउने होइन लाहुरेको गाउँ रुम्सी हेर्न ?

‘भिलेज सफारी’मा सरर आउने होइन लाहुरेको गाउँ रुम्सी हेर्न ?
अ अ+ अ-

तनहुँ। चिटिक्क मिलेका ढुङ्गाले छाएका परम्परागत घर । घरमा पुग्न बाटामा छपक्क बिछ्याइएका ढुङ्गा।

गाउँको कूल घरधुरीमध्ये ९० प्रतिशत मगर समुदायका । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँ आफैँमा विविधतायुक्त मौलिकता बोकेको सुन्दर रमणीय  ।

गाउँ पर्यटनको प्रवर्द्धनका माध्यमबाट स्थानीयवासीको आयआर्जन बढाउने उद्देश्यका साथ तीन वर्षअघि व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने गरी कार्यक्रम अघि बढाएसँगै यो ठाउँले पर्यटकीय रुपमा पनि फड्को मार्न थालेको छ ।

धेरै युवा बेलायती तथा भारतीय सेनामा भर्ती भएका कारण यो गाउँ लाहुरेहरूको गाउँका रुपमा परिचित छ । नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन गरेको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत यस गाउँलाई नमूना गाउँको रुपमा विकास गर्न विभिन्न कार्यक्रमसमेत अघि बढाइएको रुम्सी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।

यहाँका कूल १२० घरधुरीमध्ये ९० प्रतिशत मगर समुदायको बाहुल्य रहेको  जानकारी दिँदै उहाँले यहाँका ८०  घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको बताउनुभयो । गाउँलाई नमूना बस्तीका रूपमा विकास गर्न यहाँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षण र उपयोगमा जोड दिइएको उहाँको भनाइ छ ।

गाउँलाई पर्यटन तथा कृषिका विभिन्न गतिविधिका माध्यमबाट आयआर्जन बढाउँदै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुुभयो । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत बन्दीपुर–रुम्सी गाउँ भ्रमण कार्यक्रम, रुम्सी इको ट्रेक, रुम्सी झरनामा क्यानोनिङ, कृषक पाठशाला, संस्कृति आदानप्रदान, रैथाने खानाका परिकारहरू तथा धार्मिक कार्यक्रमहरू सञ्चालनको लक्ष्य राखिएको छ ।

कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख विनियोजन गरेको थियो ।  नगरपालिकाले यहाँ सञ्चालित घरवासको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ भवन निर्माण गर्न यस वर्ष रु १० लाख विनियोजन गरेको अध्यक्ष थापाले जानकारी दिनुुभयो ।

गाउँमा सञ्चालित घरवासमा ठाउँठाउँबाट स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गरेको रुम्सी सामुदायिक होमस्टे व्यवस्थापन समितिका सदस्य हरिमाया थापाले बताउनुुभयो । एक पटक आएको जो कोही पर्यटकले फर्कदा गाउँको सौन्दर्यतासँगै आतिथ्यताको प्रशंसा गर्ने गरेको उहाँले अनुुभव सुनाउनुभयो ।

होमस्टेका लागि स्थानीयले सुलभ प्योकज निर्धाण गरेको जानकारी दिँदै उहाँले एक रातका लागि रु एक हजार २०० तय गरिएको बताउनुुभयो । पाहुनालाई आउनासाथ स्वागत सत्कार गर्दै चिया मकैलगायतका खाजा खुवाइन्छ भने बेलुका लोकल कुखुरा/खसीको मासुसहितको खाना र भोलिपल्ट नास्ता आदि खुवाइन्छ ।

खुवाइने खाना तथा खाजामा स्थानीय अर्गानिक उत्पादनहरू नै प्रयोग हुने उहाँले जानकारी दिनुुभयो । आउने पाहुनालाई सामूहिक रुपमा खाना खुवाएर घरघरमा पठाउने गरिएको जानकारी दिँदै उहाँले १० जनाभन्दा ठूलो समूहमा आउने पर्यटकलाई गाउँको मौलिक कलासंस्कृति सहित स्वागत गरिने बताउनुुभयो । यहाँ आउने पर्यटकहरू विभिन्न यामअनुसार निउरो, सिप्लीकानजस्ता प्राकृतिक उत्पादनका सागसब्जी खान पाउँछन् ।

यसरी आइपुग्न सकिन्छ रुम्सी 

तनहुँको सदरमुकाम दमौली र बन्दीपुरबाट विभिन्न यातायातका साधन प्रयोग गरी रूम्सी आउन सकिन्छ ।  दमौलीबाट रुम्सी आउन १६ किलोमिटर दूरी पार गर्नुपर्छ भने बन्दीपुरबाट १५ किलोमिटर । दमौलीबाट आउँदा भादगाउँ, बुद्धसिंह मार्ग, पोखरी भञ्ज्याङ, गुदी फच्याङ, केशवटार हुँदै आउन सकिन्छ भने बन्दीपुरबाट सेराथर, सुखौरा, केशवटार हुँदै आउन सकिन्छ ।

दमौलीबाट रुम्सी आउन बिहानदेखि फरकफरक समयमा दैनिक सार्वजनिक यातायातका साधनहरू आउँछन् भने बन्दीपुरबाट निजी सवारीसाधन प्रयोग गरेर आउन सकिने स्थानीयवासी बताउँछन् । पर्यटकको इच्छाअनुुसार हालै बन्दीपुर आउने पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको भिलेज सफारीमार्फत पनि रुम्सीमा पर्यटकहरूलाई पु¥याउने गरिएको भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जानकारी दिनुभयो ।

जङ्गल सफारीमा प्रयोग गरिनेजस्तै जिपहरू प्रयोग गर्दै ग्रामिण परिवेशको अवलोकन गर्दै भिलेज सफारी गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । रुम्सीको पर्यटन प्रवर्द्धनका लागि हालै बन्दीपरमा सम्पन्न गाउँ पर्यटन मार्टका अवसरमा यस गाउँमा सञ्चारकर्मी तथा पर्यटन व्यवसायी सहभागी गराएर परिचयात्मक भ्रमण (फार्म ट्रिप)समेत गराइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

हरेक गाउँ, पर्यटकीय ठाउँ भन्ने नाराका साथ गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले गण्डकी प्रदेशभित्रका सम्भावनायुक्त गाउँहरूको प्रवर्द्धनसमेत गरिरहेको मञ्चका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।रासस