१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार



अ+ अ-

काभ्रेपलाञ्चोक।अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।

सोमबार साँझ परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा ५ वटा ईभी हाईस फसेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमान्डमा २५ जना, सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा २५ जना र नेपाली सेनाको सेनानीको कमान्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित उद्धार गर्ने कार्य भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार ६०/६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेका छन्। हाल खोलामा पानीको वहाव घटिरहेको छ।

प्रहरीले रोक्दारोक्दै जबर्जस्ती सवारी चलाएको कारण यस्तो घटना हुन पुगेको प्रहरीको भनाई छ।