११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

तीन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमण

तीन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमण
अ अ+ अ-

रौतहट। रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा छ ।

अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरेक्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र  रहेको छ ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार व्यवस्थित वनको एक हजार ३२८ हेक्टर, सामुदायिक वनको ७५४, साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षरोपण क्षेत्रको २०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ ।

यसैबीच डिभिजन वन कार्यालयअन्तर्गत सञ्चालित दिगो वन व्यवस्थापन कार्यक्रम र विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट आर्थिक वर्ष २०८२÷८३ मा करिब ५४ हजार क्युफिट काठ उत्पादन भएको छ ।  दिगो वन व्यवस्थापन लागू भएका तीन सामुदायिक वन उपभोक्ता समूह, एउटा साझेदारी वन उपभोक्ता समिति र विभिन्न सामुदायिक वनको वन क्षेत्रबाट उक्त परिमाणको काठ उत्पादन भएको हो ।

यसै वर्षदेखि चन्द्रपुर नगरपालिका–४ र ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समुह, चन्द्रपुर—३ मा रहेको तिलेश्वरनाथ र भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको वन क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएको कार्यालय  प्रमुख साहले जानकारी दिनुभयो ।

प्रमुख साहका अनुसार रौतहटमा दिगो वन व्यवस्थापन लागू भएको हातेमालो सामुदायिक वन उपभोक्ता समूहले आठ हजार ८६४ क्युफिट र १५ चट्टा दाउरा, भोर्लेनी सामुदायिक वन उपभोक्ता समूहबाट १० हजार २५ क्युफिट काठ र २६ चट्टा दाउरा, तिलेश्वारनाथ सामुदायिक उपभोक्ता समूहबाट सात हजार ५०६ क्युफिट काठ र १४ चट्टा दाउरा र रङ्गपुर साझेदारी वनबाट १७ हजार ३२७ क्युफिट काठ र २९ चट्टा दाउरासहित उत्पादन भएको छ ।

उक्त तीन सामुदायिक वन र एउटा साझेदारी वनबाट यस वर्ष मात्रै ४३ हजार ७२२ क्युफिट काठ र ८४ चट्टा दाउरा उत्पादन भएको छ ।  रौतहटको ४३ सामुदायिक वनमध्ये यस वर्ष तीन सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएको तथा आउँदो आर्थिक वर्षमा जन चाहना सामुदायिक वन उपभोक्ता समूह चन्द्रनिगाहपुर र जनएकता सामुदायिक वन उपभोक्ता समूह चन्द्रनिगाहपुरमा लागू हुने प्रमुख साहले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रमलाई व्यापक बनाउन ८० हजार जडीबुटीका बिरुवा, एक लाख ६० हजार ८०१ एकवर्षी र दुई लाख बहुवर्षीय बिरुवा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । वन पैदावार आपूर्ति समितिमार्फत यस आवभित्र  एक हजार ४२६ क्युफिट काठ बिक्री गरेको प्रमुख साहले बताउनुभयो । काठ अभाव नभएको र पर्याप्तमात्रामा काठ भएका कारण आपूर्ति समितिमार्फत मागेको बखत काठ उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।

रौतहटमा ४३ सामुदायिक वन, तीन साझेदारी वन, चार धार्मिक वन, एउटा ब्लक फरेस्ट व्यवस्थापन वन रहेको छ । रौतहटमा ३० हजार १७७ हेक्टर अर्थात् २९ प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ जसमा सबैभन्दा बढी चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाको भू–भागमा वनक्षेत्र पर्दछ ।

प्रमुख साहले वन अतिक्रमण हटाउनका लागि आवश्यक काम अगाडि बढाइएको जानकारी दिनुभयो । राज्यको नीतिअनुसार अन्य क्षेत्रको पनि वन अतिक्रमित क्षेत्र हटाइने उहाँले जानकारी दिनुभयो ।  रासस