११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
अ अ+ अ-

दाङ। घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बन्नु भएको छ ।

उहाँले पाँच बिघा जमिनमा गोलभँेडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ ।

यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गर्नुभएको छ । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै तरकारी । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रुपमा चिनिन सफल हुनुहुन्छ चापागार्इं ।

चापागाईंको तरकारीखेती यो क्षेत्रकै एक नमुना बनेको छ । उहाँले ती प्लटमा झल्किने हरियाली र लटरम्म फलेका गोलभेँडा कतै पाकेका, केही पाक्ने तयारी र केही बतेला लागेका  छन् । त्यस्तै खुर्सानी, सिमी, बोडी, काँक्रालगायत तरकारी फलेका छन् । यही गोलभेँडाले चापागाईंँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न सफल धेरै मेहनत गर्नुभएको छ । कसानका लागि उहाँ एक सफलताको उदाहरण बन्न सफल हुनुभएको छ ।

विसं २०७५ मा रु चार लाखको लगानीमा जमिन भाडामा लिएर तरकारीखेती सुरु गरेको चापागार्इंले बताउनुभयो । अहिलेसम्म तरकारीखेतीमा नै कम्तीमा रु २० लाख बढी लगानी गरेको चापागाईं बताउनुहुन्छ । उहाँले अर्काको जमिन भाडामा लिएर सबैभन्दाबढी उन्नत जातका गोलभेँडा, अरु विभिन्न जातका बेमौसमी तरकारीखेती गरिरहनुभएको छ ।

चापागाईंले वार्षिक प्रतिकट्ठा रु तीन हजारका दरले जम्मा हुने रकम भाडा तिर्नुहुन्छ । उहाँको कृषि फारममा अहिले ६ जनाले रोजगारी पनि पाएका छन् । उहाँ भन्नुहुन्छ, “सबै खर्च कटाएर वार्षिक रुपमा रु १२ लाखसम्म बचत गर्न सकेको छु ।” उहाँकी श्रीमती पनि यहीखेतीमा पूर्ण रुपमा लाग्नुभएको छ । दुई छोरा भने रोजगारीका लागि जिल्ला बाहिर छन् ।

चापागाईं भन्नुहुन्छ, “म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुसी छु । आफ्नै माटोमा खेलेको छु, माटोको मायाँ बढ्दो छ ।  यो उमेरमा पनि जोश जागरमा कमी आएको छैन् ।” बारीमै आएर ग्राहकहरुले गोलभेडा खुर्सानीलगायतका तरकारी किनेर लैजाँदा आनन्द आउने उहाँ बताउनुहुन्छ ।

चापागाईंले सुरुमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाँडामा लिनुभयो । त्यही जग्गामा उहाँले गोलभेँडाखेती गर्नुभयो । त्यहाँबाट उहाँलाई राम्रो आम्दानी भयो । खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साँघुरो भएपछि त्यहाँ छोडेर चापागाईंले विगत पाँच वर्षअघिदेखि यस ठाउँमा  खेतीगरी रहनुभएको छ ।

चापागाईंले अन्य जातका तरकारीभन्दा गोलभेँडाखेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने तथा आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडाखेती गरेको बताउनुभयो । चापागाईँले गोलभेडासहित काँक्रो, खुर्सानी, बोडी, सिमीलगायतका तरकारी खेती पनि गर्नुभएको छ । उत्पादन भएको तरकारी लिन बारीमै व्यापारी गाडी लिएर आउने गरेको उहाँले बताउनुभयो ।

चापागाईंका अनुसार गोलभेँडा प्रतिकिलो रु ८० र थोकमा प्रतिकिलो रु ७० देखि रु ७५ सम्म बिक्री भइरहेको छ । चापागाईं यस क्षेत्रका सफल कृषकका रुपमा स्थापित हुनुभएको छ । कृषिप्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर पनि राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईंको गुनासो छ ।

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने चापागाईं सुझाव दिनुहुन्छ । देशभित्रै सीपमुलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशीने युवालाई लक्ष्य गरेर उनीहरुलाई स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ ।