१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुक्का भेपसहित ४३ लाख बढीका सामग्री बरामद



अ+ अ-

रुपन्देही।  रुपन्देहीको बुटवलबाट प्रहरीले हुक्का तथा त्यससँग सम्बन्धित विभिन्न सामग्रीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वैशाख १७ गते बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित एक गोदाममा छापा मार्दा ४३ लाख २१ हजार ५०० रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

चन्दले उक्त स्थानबाट बुटवल–११ निवासी ३५ वर्षीय पिङ्कु जयसवाललाई नियन्त्रणमा लिएको जनाउनुभयो । बरामद सामग्रीमा १५७ थान हुक्का भेप, एक हजार ४२२ थान कोइला, ५५२ थान फ्लेवर, ३३ थान हुक्का सेट, १६० थान प्लाउट, ४५ थान एयर ब्लोअर, ६०० थान पाइप, १०० थान अन्य पार्टपुर्जा, ७०० थान चिलिम र २२ थान हिटर रहेका छन् ।

बरामद सबै सामग्रीसहित जयसवाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले बताउनुभयो । रासस