१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय



इलाका प्रशासन कार्यालयको ब्यानर खोलेर उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख । तस्बिर सौजन्य/गोविन्दसिंह धामी
अ+ अ-

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

आज यहाँ आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कार्यालयको उद्घाटन गर्दै यहाँ कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई सहज हुने बताउनुभयो ।

उहाँले नागरिकलाई सहज होस् भनेर सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरेकाले सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले गृह मन्त्रालयको परिपत्रअनुसार गोकुलेश्वरमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

कार्यक्रममा शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायतलगायतको उपस्थिति रहेको थियो ।

यसअघि दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सेवा लिन महँगो खर्च गर्दै खलङ्गा पुग्नुपर्ने अवस्था थियो । स्थानीय तह, राजनीतिक दल तथा नागरिकको मागअनुसार सरकारले सेवा सहज बनाउन इलाका प्रशासन कार्यालय स्थापना गरेको हो ।

यसबाट शैल्यशिखरसहित अपि हिमाल, नौगाड र मार्मा गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।  रासस