२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

को हुन् सान्ता क्लज ? क्रिसमसमा बालबालिकालाई किन दिन्छन् उपहार ?

को हुन् सान्ता क्लज ? क्रिसमसमा बालबालिकालाई किन दिन्छन् उपहार ?
अ अ+ अ-

काठमाडौँ । सारा संसार क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष मनाउने तयारीमा व्यस्त छ। बजारदेखि घरघरसम्म क्रिसमसको तयारी भइरहेको छ । प्रत्येक वर्ष डिसेम्बर २५ मा मेरी क्रिसमस ठूलो धूमधामका साथ मनाइन्छ। प्रत्येक वर्ष प्रभु येशुको जन्मदिनको अवसरमा सान्ता क्लजले पनि मानिसमा खुसी बाँड्ने र बालबालिकालाई उपहार दिने गर्दछन् । केटाकेटीहरू हरेक वर्ष सान्ता क्लजको प्रतीक्षा गर्छन्। उनीहरुका लागि क्रिसमस पर्व सान्ता क्लज बिना अधुरो हुन्छ।  हरेक क्रिसमसमा बालबालिकालाई उपहार दिने सान्ता क्लज को हुन् त ?

सेन्ट निकोलसलाई सान्ता क्लज भनिन्छ। सेन्ट निकोलसको जन्म तुर्किस्तानको माइराको रोभानिमी गाउँमा भएको थियो। प्रभु येशूको मृत्युको २८० वर्षपछि जन्मेका सेन्ट निकोलस एक धनी परिवारका थिए थिए। उनी सधैँ गरिबहरूलाई सहयोग गर्दथे ।

निकोलसको प्रभु येशुमा गहिरो विश्वास थियो । जसका कारण उनी पछि पादरी बने। यसपछि उनी विशप बने र उनलाई सन्तको उपाधि दिइयो। सेन्ट निकोलसलाई धेरै नामले चिनिन्छ, जसमा उनको नाम क्रिस क्रिंगल र क्रिसमस फादर पनि हो। उनी सानैदेखि गरिबलाई सहयोग गर्थे ।

सेन्ट निकोलस प्रभु येशूको भक्तिमा लीन हुन्थे । उनी बालबालिकालाई पनि असाध्यै माया गर्थे । उनी  बालबालिकालाई उपहार दिन औधी मन पराउँथे । उनी आफूलाई कसैले चिन्न नसकून् भनेर रातको समयमा बालबालिकालाई उपहार दिन्थे । अहिले सान्ता क्लज बच्चाहरुका लागि सबैभन्दा मनपर्ने हुन् ।

सेन्ट निकोलससँग जोडिएको एउटा कथा छ जसले तपाईंको मन छुनेछ। एक गरिब पिता थिए र उनका तीन छोरी थिए । गरिबीका कारण उनले आफ्ना तीन छोरीको विवाह गर्न सकिरहेका थिएनन् । जब सेन्ट निकोलसलाई यो कुरा थाहा भयो उनले ती व्यक्तिलाई मद्दत गर्ने विचार गरे।

सेन्ट निकोलस एक दिन गरीब मानिसको घर पुगे र आँगनमा सुकाइरहेका मोजाहरूमा सुनका सिक्का भरेर फर्किए। सेन्ट निकोलसको सहयोगमा तीन छोरीको जीवन बचाइएको थियो। जसका कारण सान्ता क्लज आएर उपहार दिन्छन् भनेर आज पनि घरबाहिर मोजा झुण्ड्याइन्छ ।

फिनल्याण्डमा सान्ता क्लजको आधिकारिक गाउँ छ जसको नाम रोभानिमी हो । यहाँ सान्ता क्लजको कार्यालय पनि छ। संसारभरका मानिसहरूले यहाँ चिठी पठाउँछन्। सान्ताका रूपमा प्रस्तुत गरिएका व्यक्तिहरूले मानिसहरूको पत्रहरुको जवाफ दिन्छन्।